लेटाङ – स्थानीय तह निर्वाचनको तयारीका लागि स्थानीय तहमा नेपाली काग्रेसका कार्यकर्ता ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस केराबारी गाउँपालिकाले आज एक कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का क्षेत्रिय सभापति एवं लेटाङ नगरपालिका नगर प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार ७५३ वटै स्थानीय तहमा यस्ता कार्यक्रम सुचारु भैरहेको सभापति राइले जानकारी दिएका थिए।
नेपाली कांग्रेसले गरेका हरेक कामहरुको जनताको घर घर पुगेर जनतालाई बुझाउन गर्न आग्रह गरेका नगर प्रमुख राईले जनताका समस्या बुझ्नका लागि जनताकै घर पुग्नुपर्ने बताएका थिए।
आयोजित कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्की, नेपाल महिला संघ केन्द्रीय सदस्य शोभा चेम्जोङ पालुङवा लगायतले सम्बोधन गरेका थिए ।