News Portal

यो गठबन्धन तीनै तहको चुनावसम्म रहन्छ, अन्य दलहरूलाई उचित स्थान दिइन्छ: प्रधानमन्त्री देउवा

हिमालीसंचार संवाददाता
२६६ पटक

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा दलहरूबीच तालमेल हुने बताएका छन्।

सत्तारूढ गठबन्धनका दलहरूबीच नै चुनावी तालमेल हुने तनहुँ कांग्रेसले दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले बताएका हुन् । पाँच दलीय गठबन्धनलाई चुनावसम्मै बचाएर लैजानुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाले बताएका हुन्। 

‘स्थानीय चुनावमा मात्र नभई प्रदेश र प्रतिनिधि सभा चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ। उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ तनहुँ कांग्रेसले दमौलीमा गरेको कार्यक्रममा आज प्रधानमन्त्री देउवाले भने, ‘लोकतन्त्र बचाउन गठबन्धनका दलले योगदान गरेका छन्।’

प्रधानमन्त्री देउवाले विस २०७९ वैशाख ३० गते हुने स्थानीय चुनावमा नेपाली कांग्रेसलाई जिताउन पार्टी एकढिक्का भएर लाग्नुपर्नेमा पनि जोड दिएका थिए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...