News Portal

  • रंगेलीका नेकपा माओबादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका अग्रवालको गणितिय हिसाब, उनले पुनः चुनाव जित्लान्?

    हिमालीसंचार संवाददाता
    १८३ पटक

    नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङ जिल्ला रंगेली नगर प्रमुख दिलिपकुमार अग्रवाल (बगडिया) अघिल्लो साता नेकपा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरेका अग्रवालले पुनः रंगेली नगरमा प्रमुखको पाए चुनाव जित्ला? पछिल्लो समय बहसको विषय बनेको छ।

    मेयर अग्रवालले आफ्नो पार्टीमा प्रवेश गरेपछि एमाले समर्थकहरुले मोरङको दक्षिणी बेल्टबाट नेकपा माओवादी कमजोर भएको र आगामी चुनावमा नेकपा एमालेले चुनाव जित्ने अवस्था बनेको कार्यक्रताहरुले दाबी गर्न थालेका छन् । तर, नेकपा माओवादी केन्द्रले पनि विगतको आफ्नो साख गिर्न नदिने दाबी गरिरहेका छन्। 

    यसअघि विस २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बनेका अग्रवालले नेपाली काँग्रेस भन्दा १९ सय बढी र एमालेभन्दा ५ हजारको मतान्तरले अग्रवाल रंगेली नगरको प्रमुख विजयी भएका थिए। 

    यसअधिका स्थानीय निर्वातनमा नेकपा माओवादी केन्द्रले ८ हजार मत पाएको थियो भने नेकपा एमालेले ४ हजार ४ सय मात्र मत पाएको थियो । यो दुबै मत जोड्दा लगभग साढे १२ हजार मत पुग्छ । तर, नेकपा माओवादी केन्द्रबाट प्राप्त सबै मत अब बगडियालाई नै जाने स्थिति देखिदैन् । विस २०७४ सालको  स्थानीय निर्वाचनमा खसेको मत आधा नै बडडियाले पाए भने पनि नेकपा एमाले र उनको मत जोड्दा ८ हजार पुग्न सक्छ । 

    नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच राजनैतिक गठबन्धन भयो भने गठबन्धनको पक्षमा नेकपा माओवादी केन्द्रको ५ हजार र नेपाली काँग्रेसको ६ हजारसमेत जोड्दा ११ हजार मत देखिन्छ । तर, यो चुनावमा केही मतदाताहरू पनि थपिएका कारण विगतको गणितले मात्रै सही तथ्याङक नमिल्न सक्छ।   

    रंगेली नगरका प्रमुख र उपप्रमुखलाई विस २०७४ सालमा प्राप्त मतको आधार अध्ययन गर्दा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको झण्डै २ हजार ३ सय मतको अन्तर देखिन्छ । र, यो मत दिलिप अग्रवालको लोकप्रियताको मत हो भन्ने आधार प्रशस्त रहेको छ । यसलाई आधार मानेर हेर्दा मेयर अग्रवालसँग रहेको आफ्नो मत भनेको करिब २ हजार मात्र हो । रंगेली नगरको तेस्रो स्थानमा रहेको नेकपा एमालेको मत ३ हजार मात्र हो। 

    विस २०७४ को चुनावमा रंगेलीमा एमाले प्रमुखको भन्दा बढी उपप्रमुखको १ हजार ७ सय बढी मत खसेको थियो । नेपाली काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमको प्रमुख र उपप्रमुखको मतान्तर भने खासै धेरै देखिन्दैन ।

    रंगेलीमा अग्रवालले चुनाव जित्लान् त? नेकपा एमाले प्रवेश गरेका रंगेलीका प्रमुख बगडियाले चुनावमा पुनः उठ्ने बताएका छन् यधपी पाटीले टिकट दिने निश्चित भएको छैन् । मेयर बगडियाले आफुले स्थानीय चुनावमा जित निकाल्ने दाबी गर्छन् । स्थानीय सर्वसाधारण पनि जुनसुकै पार्टीबाट उम्मेदवार बने पनि अग्रवालले नै चुनाव जित्ने सम्भावना रहेको बताउछन् ।

    नेकपा एमाले रंगेलीका इन्चार्ज मनोज अग्रवालका अनुसार रंगेली नगर प्रमुख मात्रै नभएर उनको प्यानलले उपप्रमुख सहित सबै वडा जित्ने दाबी गर्छन् । ‘ नेपाली काँग्रेस, नेकपा माओवादी वा अन्य जोसुकै, जतिसुकै ठूलो गठबन्धन गरेर आए पनि हामी एक्लै जित्छौं ।’ 

    त्यस्तै, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका स्थानीय नेताका अनुसार; ‘दिलिप बगडिया नामको भ्रम देखाएर मानिसको आँखामा छारो हाल्न खोजिएको बताउँछन् । उनले दिलिप अग्रवालले यसपटक धेरै ठूलो मत अन्तरले हार्ने पनि दाबी गर्छन् । ‘यो सबै भ्रम हो, एउटा मान्छे जहाँ जान्छ, त्यसको पछिपछि सर्वसाधारण मतदाता जान्छन् र? उनको प्रश्न थियो। त्यो असम्भव हुने कुरा हो?’ नेपाली काँग्रेस रंगेलीका सभापति जनन्नाथ मण्डलका अनुसार; ‘हाम्रो मत दायाँ–बायाँ भएको छैन, हल्लाखल्ला गरेजस्तो नेकपा माओवादी केन्द्रका स्थानीय मतदाता पनि हल्लिएका छैनन्, यो सबै भ्रम मात्रै हो, यहाँ जनताको आँखामा छारो हाल्न खोजिएको मात्र हो ।’

    नेकपा माओवादी केन्द्र रंगेलीका सहसचिव सुशील साहले नेकपा माओवादी केन्द्रले टिकट दिएर जिताएको मान्छे नेकपा एमालेमा लागेर हार निश्चित भएको बताए। ‘हाम्रो पार्टीले, यहाँका माननीय शिवकुमार मण्डलले तथा स्थानीय पार्टीले भूमिका खेलेर रंगेलीको विकास भएको हो,’ साहले भने, ‘बगडियाको एक्लै भूमिकाले विकास सम्भव हुँदैनथ्यो, आउँदो चुनावमा जित्छु भन्ने उनलाई भ्रम होला, त्यो यसपाली पूरा हुँदैन ।’

    विस २०७४ सालको रंगेली वडाको मत परिणाम: मोरङ जिल्लाको रंगेली नगरको चुनावी विश्लेषणका लागि पालिका अन्तरगत सबै रंगेली नगरका वडाहरूको मत परिणाम हेर्नु आवश्यक छ । यहाँ रहेका ९ वटा वडाहरुमा वडा नम्बर १, ५ र ७ नम्बर वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

    नेपाली काँग्रेसले वडा नम्बर २, ३ र ९ को अध्यक्षमा विजयी गरेका छन् । संघीय समाजवादी फोरम नेपाल वडा नम्बर ४ र वडा नम्बर ६ मा विजयी हुँदा नेकपा एमालेले वडा नम्बर ८ मा मात्रै जित निकालेको अभिमत देखिन्छ ।

    वडाध्यक्षको मतपरिणामः वडा अध्यक्षले ल्याएको मतको तथ्याङ्क हेर्दा पनि यहा नेकपा माओवादी केन्द्रको मत नै बढी देखिन्छ । रंगेली नगरका सबै वडाध्यक्षको मत जोड्दा नेकपा माओवादी केन्द्रको ५ हजार २ सय ८० छ भने नेपाली काँग्रेसको ५ हजार १ सय २१, नेकपा एमालेको ४ हजार ४ सय १९ र संघीय समाजवादी फोरम नेपालको २ हजार ६६ मत रहेको देखिन्छ। 

    गठबन्धन कायम रहेमा अग्रवाललाई गाह्रोः नगरका प्रमुख, उपप्रमुखले ल्याएको मतको अवस्था हेर्दा सत्तामा रहेका दलहरुबीच गठबन्धन भए दिलिप अग्रवालले चुनाव जित्ने सम्भावना न्युन देखिन्छ ।

    विगतका चुनाव परिणामलाई हेर्ने हो भने नेकपा एमाले तेस्रो स्थानमा छ । अब उनले पार्टीसमान बनाउन अग्रवालको व्यक्तित्व र सकारात्मक छविलाई प्रयोग गर्न सक्छ । तर, त्यही आधारमा चुनाव जितिहाल्ने अवस्था भने देखिँदैन ।

    यसपटक गठबन्धनमा रहेका र रंगेलीमा प्रभाव राख्ने पार्टीहरू नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादीले गठबन्धन गरेको खण्डमा समर्थक मतदाताको अवस्था नेकपा एमालेको भन्दा धेरै तलमाथि बन्न सक्ने देखिन्छ ।

    तत्कालीन मत जोड्दा तीन पार्टीको मत मात्रै लगभग १७ हजार हुन जान्छ । नेकपा एमालेले आफ्नो अवस्थामा नाटकीय सुधार ल्याए पनि र उम्मेदवार दिलिप अग्रवाललाई बनाउँदा पनि ७ हजार मत कटाउन अग्रवाललाई धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातको टीका लगाएर पार्टी प्रवेश गरेका अग्रवाललाई चुनाव जित्नु फलामको च्यूरा चपाउनु सरह देखिन्छ । गठबन्धन दलहरु नमिली एक्लाएक्लै चुनावमा गएको अवस्थामा भने अग्रवाललाई जित निकाल्न सहज हुने देखिन्छ । रंगेलीका स्थानीय नेता र अन्य पार्टी आ–आफ्नो दाबी गरिरहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अब धरहरा चढ्न सार्वजनिक बिदा कुर्नु नपर्ने, १२ घण्टा खुला रहने व्यवस्था लागू

    काठमाडौं, साउन १ – सर्वसाधारणका लागि धरहरा अवलोकनको समय थपिएको छ। अबदेखि राजधानीको ऐतिहासिक धरहरा...

    मन्त्री अधिकारीको खुलासा : मन्त्रिपरिषद् पुनर्गठनको सहमति भइसकेको छ, अडियो प्रकरणमा संलग्नता नदेखिए कारबाही भोग्न तयार

    काठमाडौं, साउन १ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले निकट भविष्यमा...

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण...

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...