News Portal

बाँकेको कोहलपुरमा काँग्रेसको बृहत सभामा आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि..

हिमालीसंचार संवाददाता
५२५ पटक

“माओबादी परित्याग गरी प्रवेश गरेका भनिएका राप्तीसोनारी–६ का काँग्रेस कार्यकर्ता।”


कोहलपुर। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर बाँके निवासी लक्ष्मी थारु जन्मजात काँग्रेस हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडामा महिला सदस्य पदमा चुनावसमेत लडेकी थिईन्। पार्टीको १४औं अधिवेशनमा उक्त वडाबाट क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएकी उनी नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका कार्यसमिति सदस्य पनि हुन्। पार्टीको सक्रिय कार्यकर्ता भएको र शिक्षा क्षेत्रमा योगदान रहेको भन्दै काँग्रेसले नेतृत्व गरेको राप्तीसोनारी गाउँपालिकाको शिक्षा समितिको सदस्य पनि छिन्।

नेपाली काँग्रेस क्षेत्र नम्बर–१ बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सभामा पार्टी प्रवेश गर्ने ब्यक्तिको नाम उच्चारण हुँदा उनी छांगाबाट खसेझै भईन्। माओबादी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको भन्दै उद्घोषकले नाम उच्चारण गरेपछि उनी झस्किईन् र कार्यक्रम स्थलभन्दा बाहिर आएर रुन न हाँस्ने अवस्थामा पुगिन्।

‘म जन्मजात काँग्रेसमा छु, तर मलाई आज माओबादी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको ट्याग लगाइयो,’ उनले कार्यक्रम स्थलमा गुनासो गर्दै भनिन् ‘मेरो नाम कस्ले टिपाइदियो र मेरो मान मर्दन गर्यो, यसको छानविन हुनुपर्छ।’ लक्ष्मीले जस्तै राप्तीसोनारी–६ फत्तेपुरकै रुपा थारु र बाबुराम थारुले पनि छांगाबाट खसेझै अनुभुती गरे।

पार्टी प्रवेश गरेको भन्दै उनीहरु दुबैको नाम पनि उद्घोष गरियो। रुपाले मञ्चमा पुगेर टिका लगाईन्, तर बाबुराम लाजले मञ्चमा गएनन्। काँग्रेसको १४ औं अधिवेशनबाट नेतृ रुपा राप्तीसोनारी–६ मा वडाको सह–सचिवमा निर्वाचित भएकी हुन्, भने फोरम लोकतान्त्रिक पार्टी समायोजन पश्चात बाबुराम काँग्रेसमा सक्रिय रहँदै आएका छन्।

‘पार्टी प्रवेशमा मेरो नाम आएपछि मलाई अप्ठ्यारो लाग्यो, मैले भन्दा भन्दै जवरजस्ती मञ्चमा पठाईहाले,’ रुपाले भनिन् ‘टिका लगाइसकेपछि मलाई धेरै नमजा लाग्यो, म त वडाको निर्वाचित सह–सचिव पो हुँ।’ बाबुरामले आफु मञ्चदेखी टाढा बसेको र नाम उच्चारण भएपछि लाजले बाहिर निस्केको बताए। ‘म कुनैबेला लोकतान्त्रिक फोरममा थिए, काँग्रेसमा समायोजन भइसकेपछि म काँग्रेसमै छु, कतै गएको छैन, तर आज मलाई माओबादी छाडेर आएको बिल्ला भिडाइयो,’ उनले भने।

पार्टी प्रवेश गर्ने ब्यक्तिको नाम उच्चारण गर्दा कार्यक्रम सञ्चालकले राप्ती सोनारी ६ बाट स्थानीय सञ्जय राणाको पहलमा एक सय ४० जनाले माओबादी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको उद्घोष गरेका थिए। राणा वडाको कुनैपनि जिम्मेवारीमा छैनन् । पार्टी प्रवेश गराउने क्रममा वडा नम्बर– ६ का सभापति लवराज खरेल त्यहाँ देखिएनन्।

तर, कार्यक्रम स्थलमा भेटिएका वडा सभापति खरेलले पार्टीको वडा समितिसँग कुनै समन्वय नगरेर एक सय ४० जनाको नाम उच्चारण गरिएको र पार्टीमा लामो समयदेखी सक्रिय भएका तथा जिम्मेवार पदमा रहेका कार्यकर्ताको नाम प्रवेशमा उच्चारण हुँदा नरमाईलो लागेको बताए।

‘हामीले अरुलाई पार्टीमा प्रवेश गराउँदा आफ्नै कार्यकर्ताको अपमान गर्नु राम्रो होईन, विधि र प्रक्रियालाई मिच्दा यस्तो परिणाम आएको होे,’ खरेलले भने ‘वडा समितिसँग समन्वय गरेर प्रवेश गराएको भए यस्तो अवस्था आउने थिएन।’

पार्टी प्रवेश गराउने नाममा विधि र प्रक्रिया मिचिएको बताए। वडाले विभिन्न ८८ जनालाई प्रवेश गराउने लिष्ट तयार गरेपनि आफ्नै कार्यकर्ताको अपमान भएपछि त्यसलाई रोकेको खरेलले सुनाए।

नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्रीले पार्टी प्रवेश गराउने विषयमा क्षेत्रीय समितिले गाउँपालिका र सम्बन्धित वडासँग समन्वय नै नगरेको बताए। ‘पार्टीको कुनैपनि विधिवत संरचनासँग समन्वय नगरेर प्रवेश गराइयो, जसको परिणाम आज कोहलपुरमा देखियो, लामो समयदेखी पार्टीमा आवद्ध कार्यकर्ताको मानमर्दन भएको छ,’ सभापति रानाक्षेत्रीले भने। काँग्रेस क्षेत्र नम्बर–१ ले भने कोहलपुरमा सोमबार आयोजित उक्त कार्यक्रममा ५ सय ८१ जना काँग्रेसमा प्रवेश गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...