News Portal

  • गरिबीको पीडा: उपचार नगरी अस्पतालबाट फर्काइए पहलमान

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    खोटाङ। प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ। गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो।

    छिमेकी तथा आफन्तको सहयोगमा काठमाण्डौं पुर्याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको छ। प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ। उनको हाल सिंगो शरीर चल्न नसक्ने अवस्थामा पुगेको छ।

    अचेत अवस्थामा मुढोझैं लडेका छन्। श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने र मुखबाट फिँज आउने गरेको छ। गिरीले अरुको भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र ४ छोरीहरुको लालनपालन गर्दै आएका थिए।

    आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो। तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो। केही समय आइसियुमा राखेपनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए।

    गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो। कांग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो। बिरामीलाई उपचारमा लगिएको बेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ।

    थप १०/१२ हजार सहयोग संकलन भएको कांग्रेस पालिका सभापति गिरीले बताए। ‘बिरामी निको हुँदैन भनेर होईन, उपचार गर्ने पैसा नभएर बिरामीलाई घर फर्काइएको हो,’ वडा सदस्यसमेत रहेका गिरीले भने, ‘पैसा नहुँदा अकालमा मर्नुपर्ने जुन बिडम्वना छ, त्यसकै एउटा उदाहरण हो पहलमान।’

    प्रेसरले ढलेको केही समयपछि पहलमानलाई आफ्नै भतिजले फेला पारेका थिए। तर पहलमान नियमित मादक पदार्थ सेवन गर्ने गरेका कारण मातेर लडेको ठाने। परिवारले पनि मातेर लडेको ठाने। रातभरी नआएपछि भोलीपल्ट बिहान लिन जाँदा उनी गम्भीर अवस्थामा भेटिएका थिए। रातोपाटिबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...