News Portal

माधव नेपाल गठबन्धन तोडिनु नहुने लाइनमा, पूर्वनिर्धारित कार्यक्रम छाडेर फर्किए काठमाडौँ

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौँ। राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका छन्।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका हुन्।

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौँ आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए। उनीहरु हिजो धनगढीमा आयोजित युवा सङ्घ र महिला सङ्घको कार्यक्रममा सहभागी थिए।

आज माधव नेपाल पार्टीको बुद्धिजीवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो। काँग्रेसले गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिरहँदा माधव नेपाल भने अझै गठबन्धन तोडिनु नहुने लाइनमा छन्।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...