News Portal

एमसीसीमा एमालेको साथ खोजेको कांग्रेसले आज पनि छलफल गर्दै

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं। संसद् अवरोध हटाई एमसीसी सम्झौता प्रस्ताव अघि बढाउने विषयमा आज पनि सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच छलफल हुने भएको छ। एमसीसी सम्झौता प्रस्तावको सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो।

दिउँसो १ बजे बस्ने बैठकअगावै दुई दलबीच छलफल हुने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए। हिजो भएका छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको थियो। गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको साथ खोजिरहेका छन्।

‘संसद अवरोध हटाउने विषयमा छलफल भइरहेको छ। हिजोको सहमतिका लागि भएको छलफलले आजको संसद् बैठकअघि पनि निरन्तरता पाउँछ,’ एमाले नेता सुवास नेम्वाङले भने, ‘तर कुनै सहमति भने भइसकेको छैन।’

हिजोको छलफलमा भने एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही वा, सभामुख हटाउनुपर्ने अडान दोहोर्‍याएका थिए।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...