News Portal

एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो – डा.शेखर कोइराला

हिमालीसंचार संवाददाता
२८९ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले एमसीसी परियोजना नेपालको हितमा रहेको विषय जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो।

कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसीसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसको कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पार्नुभयो।

काेइरालाले एमसीसी अन्तर्गत ६३ अर्ब रुपैयाँको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताउनुभयो। उहाँले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू पनि नरहेको प्रष्ट पार्नुभयो।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...