News Portal

सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच भेटवार्ता

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ।कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी अनुमोदन र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

भोलि बोलाइएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता घटकका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे अझै केही दुविधाहरु बाँकी रहेकाले त्यसलाई हटाउने प्रयास जारी नै छ।
सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने बताएका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नभइ अनुमोदन गर्न नसकिने बताएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेसले पुरानो सहमतिबाट माओवादी पछि हटेको आशंका गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...