News Portal

  • नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने

    हिमालीसंचार संवाददाता
    २४२ पटक

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेले देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

    एमालेका महासचिव शंकर पोखरेलले मंगलबार सातवटै प्रदेश कमिटीहरूलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको छ। महासचिवको पत्रमा पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको छ। उद्घाटन सत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरू सहभागी हुने भएका छन्।

    एमालेले सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक संगठनात्मकलगायतका विषयहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको बताएको छ। प्रशिक्षणमा स्थानीय तहमा पार्टीको पाँच वर्षे उपलब्धि र अनुभवहरू, निर्वाचनमा राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरू समावेश गरिने भएको छ।

    एमालेले फागुन १ र २ गते प्रदेश नं १ को विराटनगरमा, फागुन ३ र ४ मधेस प्रदेशको जनकपुर, फागुन ६ र ७ वागमती प्रदेशको काठमाडौं, फागुन ८ र ९ गण्डकी प्रदेशको पोखरा, फागुन ११–१२ लुम्बिनी प्रदेशको बुटवल/दाङ, फागुन १४ र १५ कर्णाली प्रदेशको सुर्खेत र फागुन १६–१७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...