अविन मावो/धरान – सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसंगै धरानका सामाजिक युवा अभियन्ता हर्क साम्पाङ राईले धरान उपमहानगरपालिकाको नगर प्रमुखको लागि आफ्नो उम्मेदवारी दिने सामाजिक संजाल फेसबुक मार्फत धोषणा गरेका छन् ।
उनी राष्ट्रिय एकता समाजका संस्थापक नेता समेत रहेका हर्क साम्पाङ राईले धरान उपमहानगरपालिका धरानका मेयर पदका लागि आफुले उम्मेदवारी दिने बताएका हुन् ।
नेपाल सरकारले वैशाख ३० गतेमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहौल बढेको छ । दलीय हिसाबमा चुनावी जोड घटाउन सुरु भएको समयमा साम्पाङले चुनावी तयारी थालेका हुन् ।
यस अघि पनि मेयर पदमा पराजित उनी पुनः चुनावी दौडमा देखिने भएका छन् । फेसबुक मार्फत जानकारी गराएका उनले सबैभन्दा अगाडी धरान उपमहानगरपालिका धरानका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनको घोषणा सँगै धरानमा चुनावी माहौल समेत गर्माएको छ ।