News Portal

पार्टी सदस्य नै नरहेका व्यक्तिले कारबाही गर्‍यो भन्नुको अर्थ छैन: गोपाल किराती

हिमालीसंचार संवाददाता
२९० पटक

काठमाडौं – माओवादी कम्युनिष्ट पार्टीका अध्यक्ष गोपाल किरातीले आलोक रायमाझीले गरेको भनेको कारबाहीले आफूलाई कुनै फरक नपर्ने बताएका छन्।

रायमाझीले मंगलबार पत्रकार सम्मेलन गरेर किरातीलाई कारबाही गरेको दाबा गरेका थिए। यहाँलाई रायमाझी पक्षले कारबाही गरेको हो भन्ने प्रश्नमा किरातीले भने, “उनी मेरो पार्टीमा केन्द्रीय सदस्य थिए, स्पष्टीकरण नदिएपछि साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेका छौं। पार्टी सदस्य नै नरहेकाले गरेको कारबाहीको के अर्थ?”

रायमाझीले तोकेको जिम्मेवारी पूरा नगर्दा निर्वाचन आयोगले पार्टीलाई २० हजार जरिवाना गरेको र त्यही विषयमा स्पष्टीकरण नदिएपछि निष्कासन गरिएको किरातीले बताए। उनले भने, “निर्वाचन आयोगबाट २० हजार जरिवाना परेको जानकारी आएपछि स्पष्टीकरण मागेका हौं।”

माओवादी कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सचिव सुरेन्द्र कटुवालद्वारा जारी विज्ञप्तिमा ‘२० माघ २०७८ भित्र स्पष्टीकरण दिन भनिएकोमा जानाजान सो निर्देशन अवज्ञा गरेको हुँदा बुटवलस्थित केन्द्रीय सचिवालयको निर्णय र पार्टी विधान अनुसार रायमाझीको पार्टी सदस्यता स्वतः समाप्त’ भएको उल्लेख छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...