आज : २०२६-०७-१०, शुक्रबार

निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडे, पाटीका कसैसंग वैरभाव नरहेको विज्ञप्तिमा उल्लेख

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

आज मंगलबार एक विज्ञप्ति जारी गरी उनले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको हुदा त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले पाटीबाट अलग भएको बताएका छन् ।

अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।