News Portal

हाम्रो लोकप्रियताले आत्तिएका दलाल पुँजीवादिका एजेन्टको कु-प्रचार मात्र हो – प्रकाण्ड

हिमालीसंचार संवाददाता
२८४ पटक

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुरा सोच्न पनि नसकिने बताउदै आफ्नो पाटीको लोकप्रियताले आत्तिएका दलाल पुँजीवादी तत्वका एजेन्टको कु-प्रचार रहेको बताएका छन् ।

नेकपा एमाले पाटीमा जाने कुरालाई साम्राज्यवादी र दलाल पुँजीवादी एजेन्टहरूको कु-प्रचार भएको पनि उनले टिप्पणी गरेका छन्। विप्लव नेतृत्वको नेकपानिकट अनलाइन ईरातोखबरसँगको कुराकानीका क्रममा उनले आफूसँग जोडेर आएका समाचारमा कुनै सत्यता नभएको पनि बताएका छन्। 

‘म एमालेमा प्रवेश गर्ने कुरा त टाढैको हो। योबारेमा सोच्न पनि सकिँदैन,’ उनले अगाडि भनेका छन्। नेपाल कम्युनिस्ट पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रमले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न लागेकाले त्यो सफलताबाट आत्तिएका साम्राज्यवादी र दलाल पुँजीवादीका एजेन्टको कु-प्रचार मात्रै भएको टिप्पणी गरेका थिए। 

‘पार्टीको क्रान्तिकारी विचार, नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुँदै गएको छ’, उनले भनेका छन्, ‘यो लोकप्रियताले आत्तिएका, डराएका, साम्राज्यवादी र दलाल पुँजीवादी तत्वका एजेन्टको कु-प्रचार मात्र हो। यसमा भ्रमित नहुन म सबैलाई आग्रह गर्दछु।’ भनेका छन्। 

प्रतिकृया दिनुहोस्

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...