News Portal

प्रचण्डलाई बाबुरामकाे कटाक्ष: भित्र खाओवाद, बाहिर माओवाद !

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडाैं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कटाक्ष गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसिसीलाई लेखेकाे पत्र बाहिरिएपछि भट्टराईले ‘भित्र खाओवाद, बाहिर माओवाद’ भनेका छन्। कांग्रेस एमसिसी पारित गर्ने पक्षमा रहे पनि सत्ता घटक माओवादी संशाेधन बिना पारित गर्न नहुने पक्षमा छ।

तर, प्रचण्डसमेतले एमसिसी पारितकाे समय माग गरेकाे खुलेकाे थियाे। नेपाली राजनीति पाखण्डी, दुई जिब्रे प्रवृत्तिबाट मुक्त नहुन्जेलसम्म देश नबन्ने भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन। एमसिसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ! अति भए खति हुन्छ है !,’ भट्टराईले लेखेका छ्न्।

प्रतिकृया दिनुहोस्

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...

दृश्य धेरै छन्, साथ थोरै छ : प्रेम र सम्बन्ध

आजको युग प्रविधि, गति र परिवर्तनको युग हो। यही परिवर्तनसँगै प्रेम र सम्बन्धको अर्थ पनि...

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...