News Portal

  • आज बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डको भेटबार्ता हुदै

    हिमालीसंचार संवाददाता
    १९६ पटक

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुने भएको छ।

    आज आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित ओली र प्रचण्ड छलफलमा जुट्ने भएका हुन्। अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय चुनावको मितिबारे उनीहरूको छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले स्थानीय तह चुनाव जेठ ४ गते गर्ने तयारी गरेको छ। सम्भवत सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनावको मिति तय हुनेछ आकलन गरिएको छ। 

    यस्तै, सरकारले एमसिसी सम्झौता अगाडि बढाउन लागेको छ। संसदमा दर्ता भएको एमसिसीलाई टेबुल गर्ने तयारीमा सरकार छ तर सत्तारूढ गठबन्धनभित्रै यसबारे एकमत छैन। एमसिसी अगाडि बढाउनेबारे प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र आज सार्वजनिक भएपछि थप आशंका पैदा भइरहेको छ। 

    ‘आज ४ बजे प्रधानमन्त्री, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल गर्ने तय भएको छ,’ स्रोतले भन्यो। छलफलमा सत्तारूढ दलका अन्य पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको छैन। गत असारमा प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लागेका हुन्। नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र प्रचण्डबीच छलफल भएको थिएन। सम्भवत आज उनीहरुको भेट बालुवाटारमा हुने छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...