News Portal

आज बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डको भेटबार्ता हुदै

हिमालीसंचार संवाददाता
२७४ पटक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा छलफल हुने भएको छ।

आज आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित ओली र प्रचण्ड छलफलमा जुट्ने भएका हुन्। अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय चुनावको मितिबारे उनीहरूको छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले स्थानीय तह चुनाव जेठ ४ गते गर्ने तयारी गरेको छ। सम्भवत सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनावको मिति तय हुनेछ आकलन गरिएको छ। 

यस्तै, सरकारले एमसिसी सम्झौता अगाडि बढाउन लागेको छ। संसदमा दर्ता भएको एमसिसीलाई टेबुल गर्ने तयारीमा सरकार छ तर सत्तारूढ गठबन्धनभित्रै यसबारे एकमत छैन। एमसिसी अगाडि बढाउनेबारे प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र आज सार्वजनिक भएपछि थप आशंका पैदा भइरहेको छ। 

‘आज ४ बजे प्रधानमन्त्री, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल गर्ने तय भएको छ,’ स्रोतले भन्यो। छलफलमा सत्तारूढ दलका अन्य पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको छैन। गत असारमा प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लागेका हुन्। नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र प्रचण्डबीच छलफल भएको थिएन। सम्भवत आज उनीहरुको भेट बालुवाटारमा हुने छ। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...