News Portal

बागमतीमा दुई संसदीय समिति सभापतिमा एमाले विजयी

हिमालीसंचार संवाददाता
२६६ पटक

सुवास विडारी,
मकवानपुर। सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभा अन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ। निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो।

प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो। एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो।

एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन। अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उनीहरू दुवैलाई विजयी घोषणा गरिएको थियो। उनीहरूको शपथ ग्रहणसमेत भइसकेको छ। उनीहरूलाई सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका हुन्।

वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्येबाट सिलवाल सभापति चयन भएका हुन्। शिक्षा समितिका १९ जना सदस्यमध्येबाट पोखरेल सभापतिमा चयन भएका हुन्।

अर्थ समितिका तत्कालीन सभापति सुरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो। शिक्षा समितिका सभापति घनश्याम दाहाल वर्तमान सरकारमा सहभागी भएसँगै उक्त पद रिक्त छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...