News Portal

बागमतीमा दुई संसदीय समिति सभापतिमा एमाले विजयी

हिमालीसंचार संवाददाता
२५३ पटक

सुवास विडारी,
मकवानपुर। सत्तारुढ दल निर्वाचन प्रक्रियामा सहभागी नभएपनि वाग्मती प्रदेशसभा अन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ। निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो।

प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो। एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो।

एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन। अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उनीहरू दुवैलाई विजयी घोषणा गरिएको थियो। उनीहरूको शपथ ग्रहणसमेत भइसकेको छ। उनीहरूलाई सभामुख सानुकुमार श्रेष्ठले शपथ ग्रहण गराएका हुन्।

वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्येबाट सिलवाल सभापति चयन भएका हुन्। शिक्षा समितिका १९ जना सदस्यमध्येबाट पोखरेल सभापतिमा चयन भएका हुन्।

अर्थ समितिका तत्कालीन सभापति सुरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो। शिक्षा समितिका सभापति घनश्याम दाहाल वर्तमान सरकारमा सहभागी भएसँगै उक्त पद रिक्त छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...