News Portal

एमाले सचिवालय बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्ने तयारी

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज दिउँसो बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो।

एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा लाग्ने विषयमा छलफल हुनेछ। बैठकमा हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षासमेत गर्ने उनले बताए।

त्यसैगरी बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालाई अन्तिम रुप दिने छ। विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा पनि छलफल गर्ने तयारी छ।

एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ। एमालेमा अहिले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...