News Portal

एमाले सुनसरीको अध्यक्षमा भण्डारी विजयी, द्वारिकलालको लज्जास्पद हार !

हिमालीसंचार संवाददाता
४९६ पटक

कृष्ण बहाब, काठमाडौँ। नेकपा (एमाले) सुनसरीको सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन्। प्रतिस्पर्धामा रहेका खेमराज पोख्रेल र द्वारिकलाल चौधरीलाई हराउँदै भण्डारी निर्वाचित भएका हुन्।

कूल खसेको १८०५ मत मध्ये भण्डारीले ९२० मत पाएर निर्वाचित भएका हुन्। जितसँगै भण्डारीको अध्यक्षमा दोस्रो कार्यकाल हुनेछ। यसअघि छैटौं अधिवेशनको क्रममा भण्डारी सर्वसम्मत निर्वाचित भएका थिए।

भण्डारीले ९२० मत ल्याउँदा उनका प्रतिस्पर्धी खेमराज पोख्रेलले ७७५ मत ल्याए भने, द्वारिकलाल चौधरीले ८० मत मात्र पाए। इटहरी उपमहानगरपालिकाका मेयरसमेत रहेका चौधरीले सय मत पनि कटाउन सकेनन्।

मेयर रहँदा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका मेयर चौधरीले भने पार्टी निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन्। कूल खसेको मतको आधारमा चौधरीको पक्षमा ४.४३ प्रतिशत मात्र मत खसेको हो।

२०७० सालको छैटौं अधिवेशनमा निर्वाचित भएपछि २०७० मङ्सिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमासमेत भण्डारी निर्वाचित भएका थिए। संविधानसभामा निर्वाचित भएसँगै भण्डारीले जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि जिल्ला सम्मेलन गरेर द्वारिकलाल चौधरीलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...