News Portal

  • एमाले सुनसरीको अध्यक्षमा भण्डारी विजयी, द्वारिकलालको लज्जास्पद हार !

    हिमालीसंचार संवाददाता
    ४०८ पटक

    कृष्ण बहाब, काठमाडौँ। नेकपा (एमाले) सुनसरीको सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन्। प्रतिस्पर्धामा रहेका खेमराज पोख्रेल र द्वारिकलाल चौधरीलाई हराउँदै भण्डारी निर्वाचित भएका हुन्।

    कूल खसेको १८०५ मत मध्ये भण्डारीले ९२० मत पाएर निर्वाचित भएका हुन्। जितसँगै भण्डारीको अध्यक्षमा दोस्रो कार्यकाल हुनेछ। यसअघि छैटौं अधिवेशनको क्रममा भण्डारी सर्वसम्मत निर्वाचित भएका थिए।

    भण्डारीले ९२० मत ल्याउँदा उनका प्रतिस्पर्धी खेमराज पोख्रेलले ७७५ मत ल्याए भने, द्वारिकलाल चौधरीले ८० मत मात्र पाए। इटहरी उपमहानगरपालिकाका मेयरसमेत रहेका चौधरीले सय मत पनि कटाउन सकेनन्।

    मेयर रहँदा विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका मेयर चौधरीले भने पार्टी निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन्। कूल खसेको मतको आधारमा चौधरीको पक्षमा ४.४३ प्रतिशत मात्र मत खसेको हो।

    २०७० सालको छैटौं अधिवेशनमा निर्वाचित भएपछि २०७० मङ्सिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमासमेत भण्डारी निर्वाचित भएका थिए। संविधानसभामा निर्वाचित भएसँगै भण्डारीले जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसपछि जिल्ला सम्मेलन गरेर द्वारिकलाल चौधरीलाई अध्यक्षको जिम्मेवारी दिइएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...