News Portal

परमादेशबाट बनेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न चाहेनः केपी ओली

हिमालीसंचार संवाददाता
३१४ पटक

नबराज राई/ सङ्खुवासभा – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको वर्तमान सरकारले स्थानीय तहको निर्वाचन गर्न नचाहेको बताएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्न हेलिकप्टर मार्फत आज सङ्खुवासभाको खाँदबारी आएका नेकपा अध्यक्ष ओलीले वर्तमान सरकार परमादेशबाट बनेको दोहोर्याएका हुन् । ओलीले वर्तमान सरकार लुटमारमा लागेको आरोप लगाउँदै पहिले जस्तै स्थानीय निकायलाई फेरी जनप्रतिनिधि विहिन बनाउन लागेको दावी गरे ।

नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई वामपन्थी खोल ओढेको दक्षिण पन्थी पार्टीको संज्ञा दिएका ओलीले एमाले मात्र विकासको लहर ल्याउने पार्टी भएको दावी गरेका थिए । आफ्नो सरकारलाई परमादेशबाट हटाएको ओलीको गुनासो थियो । ओली आफ्नो सरकारले धेरै राम्रा काम गरे पनि षडयन्त्रपूर्वक हटाईएको बताएका थिए । सङ्खुवासभाली जनतालाई रिझाउन प्रयत्न गरेका ओलीले सङ्खुवासभामा रहेको जडिबुटी, जलश्रोत, विकास निर्माणको चर्चा गरे ।

ओलीले निर्माणाधीन ९ सय मेगावाटको अरुण तेश्रो जनविद्युत आयोजना एमालेले शुरु गरेको बताए । विदुसी योगमाया विश्वविद्यालयको स्थापनाका लागि आफूले शुरुवात गरेको स्मरण गराउदै राणा शाषणको बेला पनि योगमाया जस्ता विदुसीले सामाजिक चेतनाको विगुल फुकेकोले पनि अरुण उपत्याका महत्वपूणर् भूमि रहेको ओलीको तर्क थियो । 

कार्यक्रममा एमाले अध्यक्ष ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु समेत सहभागी रहेका थिए । उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, संखुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतका नेताले स्वागत गरेका थिए। ओलीको सुरक्षार्थ जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सम्बोधन सकेर ओली आजै हेलिकप्टर मार्फत राजधानी फर्किएका छन् । 

खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी-३ कृषि बजारमा हुने कार्यक्रम रहेको छ । उद्घाटनका अवसरमा विभिन्न पार्टीबाट नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अधिवेशनले एमालेको जिल्ला नेतृत्व चयन गर्नेछन।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...