News Portal

एमाले अध्यक्ष केपी शर्मा ओली पुर्वाञ्चलको संखुवासभामा

हिमालीसंचार संवाददाता
२३२ पटक

नवराज राई/संखुवासभा – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न तथा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा आई पुगेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज हेलिकप्टरबाट संखुवासभा सदरमुकाम खाँदबारी आई पुगेका हुन्। अध्यक्ष ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु समेत रहेका छन्। उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, संखुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतका नेताले स्वागत गरेका थिए। 

खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुने कार्यक्रम रहेको छ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...