News Portal

एमाले अध्यक्ष केपी शर्मा ओली पुर्वाञ्चलको संखुवासभामा

हिमालीसंचार संवाददाता
२८१ पटक

नवराज राई/संखुवासभा – नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न तथा नेकपा एमाले पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा आई पुगेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज हेलिकप्टरबाट संखुवासभा सदरमुकाम खाँदबारी आई पुगेका हुन्। अध्यक्ष ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरु समेत रहेका छन्। उनीहरुलाई  एमालेका स्थायी कमिटीका सदस्य एवं सांसद राजेन्द्र गौतम, एमालेका प्रदेश नं १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, संखुवासभा जिल्लाध्यक्ष जीतबहादुर घिमिरेलगायतका नेताले स्वागत गरेका थिए। 

खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्दसत्र खाँदबारी–३ कृषि बजारमा हुने कार्यक्रम रहेको छ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...