News Portal

राप्रपाको कारबाही परेका नेताहरु एमालेमा प्रवेश

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी परित्याग गर्नेलाई एमालेमा प्रवेश गराएका हुन्।

एमाले काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्न पुगेका ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै लिङ्देनले केही दिनअघि लामासहित उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई कारबाहीको घोषणा गरेका थिए।

सो कारबाहीको पूर्वअध्यक्ष कमल थापाले विरोध गरेका थिए। उनीहरु एमालेमा जान लागेको सूचना आएकालेनै राप्रपा काभ्रेकै अन्य नेताको सिफारिसमा निष्काशन गरिएको राप्रपाका नेताहरुको भनाइ छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...