News Portal

राष्ट्रिय सभाको निर्वाचन अघि नै हार स्वीकार

हिमालीसंचार संवाददाता
३६१ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन्। आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन्।

एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए। संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो।

निर्वाचन परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै त्यो आजको जनमत र आजको यथार्थ नहुने उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...