News Portal

राष्ट्रिय सभाको निर्वाचन अघि नै हार स्वीकार

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन्। आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन्।

एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए। संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो।

निर्वाचन परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै त्यो आजको जनमत र आजको यथार्थ नहुने उनको भनाई छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...