News Portal

  • प्रधानमन्त्री देउवा पुर्वाञ्चलको धरानमा, धरानका मेयर राईको प्रशंसा

    सभापति देउवालाई फकाएर पुनः मेयर बन्ने तयारीमा तिलक राई

    हिमालीसंचार संवाददाता
    १२८ पटक

    धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राई अत्यन्तै चतुर राजनैतिक खेलाडीको रूपमा देखा परेका छन् ।  काँग्रेसमा राई चलाख नेताको रूपमा स्थापित भएका छन्। आफ्नो पक्षमा माहौल बनाउन सिपालु उनी स्थानीय कार्यकर्ता देखी केन्द्रीय सभापति सम्म बराबर पहुँचमा संतुलन कायम गरेका छन् । राई कोइराला टिमको भए पनि सभापति शेरबहादुर देउवाको प्रशंसा पाउने बिरलै व्यक्ति मध्ये पर्दछन् ।

    दोस्रो कार्यकालमा सभापति विजयी भएपछि सभापति देउवाको पहिलो जिल्ला भ्रमण धरानबाट सुरु भयो । त्यसमा पनि उनै मेयर तिलक राईको निम्तोमा सभापति देउवा मंगलबार दिनभर धरानमै रहेका थिए । धरानका सबै कार्यक्रममा देउवाले राईलाई हौसला बढाउने शब्द खर्च गरेका थिए। धरान उपमहानगरको पार्टी कार्यालय उद्घाटन गर्ने क्रममा राईले धेरै राम्रो काम गरेको बताए ।

    प्रधानमन्त्री समेत रहेका देउवा यसअघि उपमहानगरपालिकाको दोस्रो चरणको निर्वाचनमा धरान आएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरान पुगेका उनले कम्युनिस्टबाट देश नचल्ने भन्दै उनले विकल्प दिन आग्रह गरेका थिए ।

    परिवर्तनको पक्षमा भोट माग्दै राईलाई विजय गराउन आग्रह गरेका सभापति देउवा पुनः धरान ओर्लिएका हुन् । धरानलाई काँग्रेसको गढ बनाउन राईको जित अपरिहार्य भएको उनको भनाई थियो। नभन्दै राई विजयी पनी भए ।

    विजयी भएपश्चात् बधाई दिन देउवा पुनः धरान पुगेका हुन् । बधाई दिने क्रममा उनले धरानलाई हरतरहले सहयोग गर्ने बाचा समेत गरेका छन् । दोस्रो कार्यकालको लागि सभापति भएका देउवा सामु काँग्रेसलाई बलियो बनाउने चुनौती छ । पहिला विजयी भएका पालिकामा पुनः विजयी गराउने उनले रणनीति अख्तियार गरेका छन् ।

    काँग्रेस बलियो भएर पनि पराजित भएका पालिकाहरूमा एकताको सन्देश दिएर विजयी गराउने उनको तयारी रहेको देखिन्छ। अघिल्लो कार्यकालमा काँग्रेस कमजोर बनाएको आरोप पखाल्न उनले कोसिस गरिरहेका छन्।

    गत मङ्गलवारको धरान भ्रमणमा पनि उनले आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै एकताको सन्देश दिने बाचा गरेका थिए । धरानमा कोइराला समूह बलियो भएपछि उनले एकताको विषय उठाएका हुन् । सोही क्रममा मेयर राईको खुलेर प्रशंसा गरेका उनले काँग्रेसको कार्यकालमा विकाशको योजना बढी आएको बताए ।

    मेयर राईले पनि काँग्रेस पार्टी कार्यालय, अत्याधुनिक फोहोर मैला प्रशोधन केन्द्र, निमार्णधिन नमुना बसपार्कको अवलोकन गराएका थिए । आफ्नो कार्यकालमा भएका काम भन्दै उनले प्रधानमन्त्री देउवा सामु भावी योजना रहेको जानकारी समेत दिए ।

    नगरमा खानेपानी समस्या समाधान गर्नुपर्ने र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषय समाधान गर्नुपर्ने, ६ लेन सडक बाइपास गर्नुपर्ने, सुकुम्वासीलाई लालपुर्जा दिनुपर्ने जस्ता महत्वपूर्ण माग राखेका राईलाई सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

    मेयर राईले निजी निवासमै प्रधानमन्त्री देउवालाई खानाको व्यवस्था गरेका थिए । खानापछि कार्यकर्तासंगको भेटमा पनि देउवाले राईको खुलेर प्रशंसा गरेका थिए । देउवाको नजरमा पर्न सफल राईले आगामी स्थानीय निर्वाचनमा पुनः टिकट पाउने सम्भावना बढेको छ ।

    यसअघि विस २०७४ सालको निर्वाचनमा पराजित भएका थिए राई । एमालेबाट विजयी तारा सुब्बाको निधन भएपछि दोस्रो चरणका निर्वाचनमा उनी विजयी भएका हुन् । पार्टी भित्र शेखर कोइराला निकट मानिए पनि राई देउवासँग सम्बन्ध सुधार गरेका छन् ।

    भर्खरै सम्पन्न काँग्रेसको १४ औँ अधिवेशनमा सुनसरी क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा उनको दाबी थियो । धरान उपमहानगरको दुई कार्यकाल नेतृत्व गरेका उनले देउवा टिमको सहयोगमा सभापति उम्मेदवार हुने चर्चा चलाए । देउवा समूहले सहयोग गर्ने भएकाले आफू उम्मेदवार हुन लागेको उनले बताएका थिए ।

    उम्मेदवारी मनोनयनको अघिल्लो दिन आफू उम्मेदवार बन्न नसक्ने बताएपछि देउवा समूह रुष्ट भएका थियो । त्यसपछि उनी कोइराला प्यानलबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार भए । अत्याधीक बहुमतका साथ महाधिवेशन प्रतिनिधि विजयी भएपछि उनले देउवा टिमलाई धोका दिएको आरोप लाग्यो ।

    पछिल्लो समय देउवालाई गृहनगर भ्रमण गराएर उनले सबै दोष पखाल्ने प्रयास गरेका छन् । धरानका स्थानीय देउवा पक्षीय नेताभन्दा उनको प्रभाव बलियो बन्दै गएको छ । अगामी स्थानीय तहको निर्वाचनमा पनि उनकै पल्ला भारी देखिएको छ । देउवा पक्षीय किशोर राईको दाबी रहे पनि तिलक राईको देउवा संगको व्यक्तिगत निकटताले प्रभाव पार्ने देखिएको छ ।

    आफ्नो टिम विजयी गराउन नसकेको आरोप लागेका मीन विश्वकर्मा धरानमा प्रभावहीन नेता मानिन्छन् । केन्द्रीय सदस्यमा मनोनीत भए पनि उनको स्थानीय प्रभाव झनै कमजोर बन्दै गएको छ। नगर देखि क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रसम्म नै व्याक्तिगत र टिमको दुवै प्रभाव बाढेका उनले पुनः मेयर बन्ने बाटो खोलेका छन्। उता देउवा पनि राईलाई आफ्नो टिममा ल्याउन पाए कोइराला समूह कमजोर बन्ने बुझाइमा रहेका छन् ।

    यसअघि नेकपा भित्रको अन्तर कलहको फाइदा उठाउँदै उनी विजयी भएका थिए । यस पटक एमाले आफै विभाजित भएको र अन्यदलहरुको प्रभाव कमजोर भएको अवस्थामा उनी शक्तिशाली देखिएका छन् ।

    सुनसरीमा एमालेबाट नेकपा एकीकृत समाजवादीमा जाने सबैभन्दा धेरै धरानका भएकाले उनी हौसिएका हुन्। तथापि काँग्रेस भित्रको असन्तुष्टि र महाधिवेशनको तुष मेटाउन नसके उनको उम्मेदवारी निकम्मा बन्ने देखिन्छ।

    प्रतिकृया दिनुहोस्

    खरबुजा खाएपछि कुन चिज खानु हुन्छ र खानु हुन्न हेर्नुस्

    गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ...

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४...

    नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१

     कुवेत– नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको...

    नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१

    कुवेत– नेपाल कुबेत सरोकार समाजले आफ्नो पाँचौ साँगितिक धमाका यहि आँउदो ३१ मे २०२४ शूक्रबार...

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal