News Portal

  • शेखरले दिए ‘विद्रोह’को चेतावनी, भाग माग्न कार्यकर्ताको दबाब

    हिमालीसंचार संवाददाता
    २४७ पटक

    काठमाडौँ। नेपाली काँग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खोजेको छ। १४ औं महाधिवेशनबाट पुनः सभापति निर्वाचित भएर आएका देउवाले आफूहरुलाई पेलेर जान खोजे सशक्त प्रतिवादमा उत्रिने नीति अख्तियार गरेको हो।

    बुधबार सिंहदरबार नजिकैको बसेरा होटलमा भएको छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित शेखर पक्षीय पदाधिकारी तथा केन्द्रीय सदस्य र प्रत्यासीहरु सहभागी थिए। उनीहरुबीच महाधिवेशनको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको छ।

    शेखरले दिए विद्रोहको संकेत

    सभापतिका प्रत्यासी शेखर कोइरालाले ४ बुँदे लिखित मन्तव्य राखेर कार्यक्रम सुरु गरेका थिए। सभापति देउवाले विधि विधानभन्दा बाहिर गएर गर्ने काम बन्द गर्न सबै एकढिक्का हुनुपर्ने कोइरालाको भनाइ छ।

    सक्षम नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने उनले बताए। आफ्नो खबदारीलाई बेवास्ता गरिए पार्टी दुर्घटनामा पर्न सक्ने कोइरालाको चेतावनी छ। सभापति देउवाले पेलेर जाने नीति लिएपछि कोइराला ‘विद्रोह’को चेतावनीसहित अगाडि आएका छन्।

    कोइरालाको भावनासँग नेता कार्यकर्ताको पनि भाव मिलेको छ। कोइरालाको सम्बोधनपछि महाधिवेशनमा शेखर टिमबाट उम्मेदवार बनेका १३४ जनाबीच परिचयात्मक कार्यक्रम भएको थियो।

    देउवा संकेतमा गगनको प्रश्न 

    त्यसपछि महामन्त्री गगन थापाले कार्यक्रममा सम्बोधन गरेका थिए। थापाले सभापतिको बोली  व्यवहारमा एकरुपता नदेखिएको बताए। विधि विधानमा पार्टीलाई अगाडि बढाउने प्रारम्भिक संकेत नदेखिएको उनको भनाइ थियो। सभापति देउवाले आफूहरुलाई महत्व नदिएको थापाको गुनासो थियो।

    उनले भने, ‘वागमती प्रदेशको मन्त्री छान्दा होस् वा राष्ट्रियसभाको उम्मेदवार चयन गर्दा सभापतिजीले हामीसँग संवाद गर्न आवश्यक ठान्नुभएन,’ थापाले भने, ‘१६ जिल्लामा अधिवेशन रोकिएको खबर महामन्त्री भएरपनि मैले मिडियाबाट थाहा पाए। यस्ता कुराले सभापतिजी सही दिशामा हुनुहुन्न कि भन्ने देखिएको छ।’

    देउवाले सबै पक्षलाई समेटेर अघि बढ्ने संकेत नदेखाएको बताए। ‘सभापति पार्टीलाई पहिलो बनाउने भन्नुहुन्छ। तर पार्टीभित्रकै ४० प्रतिशतलाई हेपेर पार्टी कसरी पहिलो हुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘पार्टीलाई पहिलो बनाउने उहाँको अभियानमा हामी सहमत छौँ। तर यसरी यात्रा सफल हुँदैन। उहाँले सबैलाई साथमा लिएर जाने संकेत देखाउनु भएको छैन।’ थापाले देउवासँग सहकार्य र संघर्ष जारी राखेर अगाडि बढ्नुपर्ने कुरामा आफू तयार भएको बताए।

    यस्तै उनले काँग्रेसलाई एक्लै चुनावमा लैजानुपर्ने बताए। ‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ। सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने।

    पार्टीमा शेखरको अपमान भयो 

    थापाले सम्बोधन सकिएपछि छलफलमा सहभागीहरुले आफ्नो धारणा राखेका थिए। उनीहरुले शेखर कोइरालाको वरियता, केन्द्रीय सदस्यको मनोनयन, राष्ट्रियसभा उम्मेदवार छनोट र विधि विधानका विषयमा धारणा राखेका थिए।

    कर्णाली प्रदेशका सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाहीले शेखर कोइरालाको वरियता र केन्द्रीय कमिटीको बसाइले १८ सय महाधिवेशन प्रतिनिधिको मन कुँडिएको बताए। पार्टीभित्र न्यायको संघर्ष शेखर कोइरालाबाटै सुरु हुनुपर्ने उनको भनाइ थियो।

    विधानसम्वत पार्टी चलाउन संघर्ष

    १४ औं महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय समिति बैठकबाट विधानको उल्लंघन सुरु भएको नेताहरुले बताएका छन्। शाहीले विधान उल्लंघन गरेर राष्ट्रिय सभाको उम्मेदवार चयन गरिएको बताए। संघीयताको मर्म विपरीत प्रदेश समितिमा कुनै छलफल नगरी केन्द्रीय समितिले विधान विपरीत उम्मेदवार चयन गरेको शाहीले बताए।

    यस्तै प्रदेशका सभापतिका प्रत्यासी गुरुराज घिमिरेले आजबाटै विधान विपरीतका निर्णयको प्रतिवादमा उत्रिनुपर्ने बताए। उनले सभापतिसँग उपसभापति, महामन्त्रीलाई पनि विधान उल्लंघन गर्ने छुट नभएको बताए।

    उनले भने, ‘आज एक पटक त हो भनेर विधान विपरीतको निर्णयका विरुद्ध नबोल्ने ? के पाँच पटक विधान मिचिएपछि मात्र बोल्ने हो ?,’ घिमिरेको प्रश्न थियो। उनले आत्मसम्मानका लागि संघर्ष गर्नुपर्ने पनि बताए।

    भाग माग्न दबाब

    भेलामा सहभागी अधिकांश नेताहरुले भागबण्डा माग्दैनौँ भन्ने कुराको विरोध गरेका थिए। ‘सभापतिले क्षमता र योग्यता भन्दा पनि आफूलाई मत दिनेलाई मात्रै अवसर दिने संकेत गरिसक्नुभयो। उहाँको स्वभाव पनि त्यस्तै छ। त्यसैले भाग माग्दैनौं भन्ने कुरा नगर्नुस्। तपाईंहरुले हाम्रा लागि नबोलि दिए हामीले कसरी अवसर पाउछौं,’ सहभागीको भनाइ थियो। उनीहरुसँगको छलफलपछि नेताहरु पनि देउवासँग भागबण्डासहित संघर्ष अगाडि बढाउने निष्कर्षमा पुगेका छन्।

    उपसभापति धनराज गुरुङले कार्यकर्तामाथि अन्याय हुन नदिने सबै नीति अख्तियार गर्ने निष्कर्षमा पुगेको बताए। उनले भने, ‘अब हामी पार्टीभित्रका निर्णयमा हाम्रो उपस्थिति खोज्छौं। कार्यकर्तालाई अन्याय हुन नदिने हाम्री संघर्ष पनि गछौं।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...