News Portal

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच पार्टी एकताबारे छलफल

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमशेर राणा र विकेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच पार्टी एकताको विषयमा छलफल भएको छ। शुक्रबार मिश्रको निवास पुगेका लिङ्देन र राणाले मिश्रसँग पार्टी एकताबारे कुराकानी गरेका हुन्।

‘हामीबीच समान विचार छ, पार्टी एकताका विषयमा कुराकानी भएको छ,’ राप्रपा महामन्त्री राणाले सेतोपाटीसँग भने। समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ।

सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राणाले बताए। ‘यो प्रारम्भिक भेट हो, एकताकै लागि गरिएको भेटघाट पनि हो,’ राणाले भने। राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय रहेको राणाले बताए।

‘कसरी मिलाउने भन्नेमा समय लाग्न सक्छ,’ राणाले भने। राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन्। उनले संघीयताको विरोध गर्दै आएका छन्।

एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...