News Portal

वीपीका प्रिय खुमबहादुरलाई गिरिजा–सुशील–शेखरले यसरी समाप्त पारे

हिमालीसंचार संवाददाता
३६२ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले देश, जनता र पार्टीका लागि ठूलो योगदान दिएका छन्। खड्कालाई वीपी कोइरालाले निकै रुचाइएका नेतामा लिन्थे। वीपीले आफ्नो सुरक्षाका लागि राखिएको बन्दुक (मेसिन गन) खुमबहादुर खड्कालाई दिनु भनेर भनेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन्।

निडर र हकी स्वभावका खड्कालाई वीपीले निकै विश्वास गर्थे। वीपीले खड्कालाई पार्टीका महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए। वीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर ८ वर्षको निर्वासित जीवन त्याग गरेर स्वदेश फर्कने क्रममा खुमबहादुर खड्का पनि सँगै आएका थिए।

भारतबाट वीपीसँग स्वदेश आउनेमा गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाइँ र खुमबहादुर खड्का थिए। त्यसवेलाको शक्ति सन्तुलनमा आफू र तत्कालीन राजालाई नेपालको प्रजातान्त्रिक र राष्ट्रवादीशक्तिको रूपमा चित्रण गरी आफ्नो र राजाको सहयात्राको प्रस्ताव नै राष्ट्रिय मेलमिलाप थियो।

राजासँग मुढभेड नगर्ने, व्यवस्था स्वीकार नगर्ने नीतिका साथ वीपी स्वदेश फर्किभएको प्रसंगलाई आजको राजनीतिक सन्दर्भमा समेत राष्ट्रियता र प्रजातन्त्रको प्रश्नसंग जोडेर मेलमिलाप दिवस मनाइँदै आइएको छ।

वीपीले मन पराका खुमबहादुरलाई वीपीकै परिवारबाट तिस्कार भयो। कांग्रेसमा खुमबहादुरको कामबाट गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेखर कोइरालाहरूलाई मन परेन। शेखर कोइरालाकी आमा नोना कोइरालालाई जहिले पनि आफ्नै आमासरह मान्दै आएका खुमबहादुरले खुट्टामा ढोग्दै आएका थिए। नोनाले समेत खुमबहादुरलाई अन्तिम समयमा साथ दिइनन्।

शेखर कोइराला र उनकी आमा नोना कोइरालाले भनेको कुरा गिरिजाप्रसाद कोइरालाले कहिल्यै पनि काट्दैन थिए। गिरिजाप्रसादका सल्लाहकार शेखर र नोना थिए। गिरिजाप्रसादले आफूलाई खुमबहादुरबाट सधैँ असुरक्षित ठाने। नचाहँदा नचाहँदै पनि खुमबहादुरलाई पार्टी र सरकारमा ठाउँ दिनु पर्‍यो।

खुमबहादुरले कांग्रेस पार्टीका सभापति बनेर आफूलाई समाप्त पार्छ भन्ने डरले गिरिजाप्रसादले खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर राजनीति नै समाप्त पारिदिए। खुमबहादुरलाई देशभरिका कार्यकर्ताले धेरै मन पराएका थिए। कार्यकर्ताले खुमबहादुरलाई मन पराएको कुरा कोइराला परिवारलाई इगो बनेको थियो।

गिरिजाप्रसादको निधनपछि मुद्धा सर्वोच्च अदालतमा चलिरहेको थियो। त्यस बेल राष्ट्रपति रामवरण यादव थिए। प्रधानमन्त्री सुशील कोइराला थिए। खुमबहादुरले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सफाइ पाउने पक्का जस्तै थियो।

सुशील कोइराला, रामवरण यादव र शेखर कोइरालाको दवावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचार ठहर गरेर जेलमा पठाइन्। सुशीला कार्कीकी पतिलाई वीपीले ‘सुराकी’ भनेर अविश्वास गरेका थिए। वीपीको रिस सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचारमा जेल सजाय दिएर बदला लिएको चर्चा छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...