News Portal

बीपीको मेलमिलाप नीति सान्दर्भिक र औचित्यपूर्ण

हिमालीसंचार संवाददाता
३५९ पटक

काठमाडौँ। नेपालको राजनीतिक ‘कोर्ष’ बदल्ने ऐतिहासिक दिन थियो वि.सं. २०३३ पुस १६ गते। त्यस दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किनुभएको थियो।

नेपाली काँग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। निर्वासनमा रहेका बेला दक्षिण एसियाको बदलिँदो राजनीतिक घटनाक्रमका कारण देशको राष्ट्रियतामाथि खतरा देखेपछि उहाँ स्वदेश फर्किनुभएको थियो।

बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेताहरूले अब उक्त नीतिअनुसार देश विकास र समृद्धि गर्नुपर्ने बताउनुभएको छ। राष्ट्रियता र लोकतन्त्रका लागि ज्यानको बाजी लगाउनुभएका बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्यपूर्ण रहेको प्रभावशाली नेताहरूले बताउनुभयो।

काँग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानको रक्षा र लोकतन्त्रलाई सुदृढ बनाउनका लागि बीपीले देखाउनुभएको बाटोबाटै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “२०३३ सालतिर दक्षिण एसियामा बङ्गलादेशको उदय, सिक्किमको भारतमा विलयजस्ता राजनीतिक सङ्कटबाट बीपीले नेपाली राष्ट्रियतामाथि खतरा देखेर एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो।”

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...