News Portal

राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट जोगिऔँ – राजेन्द्र लिङ्देन

हिमालीसंचार संवाददाता
३३० पटक

पूर्वी नवलपरासी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापालाई कडा शब्द प्रहार गरेका छन्। सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आयोजित आम सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले थापाको नाम नलिई राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउनुपर्ने बताए।

अध्यक्ष लिङ्देनले नेपालका ठूला तीन दल (नेपाली कांग्रेस, एमाले र माओवादी)लाई पूर्वराजा ज्ञानेन्द्रको विरोध गरेर आ–आफनो संगठन विस्तारमा लागेको पनि आरोप लगाएका छन्। उनले पूर्वराजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रम पालेर ठूला दलहरु अघि बढेका छन्।

अध्यक्ष लिङ्देनले तीन ठूला दलहरुले ०६२/६३ मा जनआन्दोलन गर्ने नाममा जनताको विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको पनि आरोप लगाएका छन्। साथै, देशमा राजा फालेर तीन दलले भ्रष्टाचार र विसंगति बढाएको पनि अध्यक्ष लिङ्देनको आरोप छ।

अध्यक्ष लिङ्देनले देश जोगाउने राजनीतिक एजेण्डा राप्रपासँग भएको पनि बताएका छन्। तर, राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...