
पूर्वी नवलपरासी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापालाई कडा शब्द प्रहार गरेका छन्। सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आयोजित आम सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले थापाको नाम नलिई राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउनुपर्ने बताए।
अध्यक्ष लिङ्देनले नेपालका ठूला तीन दल (नेपाली कांग्रेस, एमाले र माओवादी)लाई पूर्वराजा ज्ञानेन्द्रको विरोध गरेर आ–आफनो संगठन विस्तारमा लागेको पनि आरोप लगाएका छन्। उनले पूर्वराजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रम पालेर ठूला दलहरु अघि बढेका छन्।
अध्यक्ष लिङ्देनले तीन ठूला दलहरुले ०६२/६३ मा जनआन्दोलन गर्ने नाममा जनताको विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको पनि आरोप लगाएका छन्। साथै, देशमा राजा फालेर तीन दलले भ्रष्टाचार र विसंगति बढाएको पनि अध्यक्ष लिङ्देनको आरोप छ।
अध्यक्ष लिङ्देनले देश जोगाउने राजनीतिक एजेण्डा राप्रपासँग भएको पनि बताएका छन्। तर, राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउनुपर्ने बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
