News Portal

माओवादीको महाधिवेशन उदघाटनमा कुन्ती शाही “हाँसोको पात्र” बनेपछि…

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा अतिथिका रुपमा पुगेका नेताहरुले महत्वपूर्ण सम्बोधन गरे। कसैले ताली पाए त कसैले आलोचना। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने हाँसोको पात्र बनिन्।

शाहीले भाषणमा पटक पटक गल्ती गरिन्। कहिले शेरबहादुर देउवालाई काँग्रेस अध्यक्ष भनिन् त कहिले एमाले महासचिव ईश्वर पोखरेल भनिन्। उनले बोल्दा उपस्थितहरु हाँस्न थाले। उनी झन् नर्भस भइन्। खाडीमा युवाहरु १०० डिग्रीमा काम गर्न वाध्य भएको बोलिन्। जबकि १०० डिग्रीमा पानी नै उम्लन्छ। खाडीमा अधिकतम ५० डिग्री पुग्छ।

आखिर राप्रपा अध्यक्ष लिङ्देन आफू नगई किन महामन्त्री शाहीलाई पठाए ? उनी पार्टी संगठन निर्माणका लागि काठमाडौं बाहिर थिए। अर्कोतर्फ, काँग्रेस महाधिवेशनमा नेताहरुलाई जनताले चोर भन्छन् भनेर चर्चा बटुलेका थिए।

लिङ्देनले उपाध्यक्षहरु विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्कीमध्येलाई पठाउन खोजेका थिए। पाण्डे प्रचण्डसँग चुनाव लडेका थिए। उनको प्रचण्डसँग निकै ठूलो टकराव छ। प्रधान भाञ्जाको निधनले शोकमा छन्। कार्की पनि देशबाहिर रहेको बुझिएको छ।

महामन्त्रीमध्ये धबल शमशेर राणा नेपालगञ्जमै थिए। माओवादीले अचानक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो। निम्तो पनि ११ पौषको विहान नै दिएको थियो। पदाधिकारीमध्ये काठमाडौंमा रहेकी कुन्ती शाही मात्र थिइन्। यसकारण लिङ्देनले महामन्त्री शाहीलाई पठाए।

तर, लिङ्देनको निर्णय सही ठहरिएन। शाही हाँसोको पात्र बनिन्। शाहीले भाषण गर्न नजानेपछि धेरैले रेखा थापालाई सम्झिए। रेखा महामन्त्रीमा कुन्तीसंग पराजित भएकी थिइन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...