News Portal

माओवादीको महाधिवेशन उदघाटनमा कुन्ती शाही “हाँसोको पात्र” बनेपछि…

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा अतिथिका रुपमा पुगेका नेताहरुले महत्वपूर्ण सम्बोधन गरे। कसैले ताली पाए त कसैले आलोचना। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने हाँसोको पात्र बनिन्।

शाहीले भाषणमा पटक पटक गल्ती गरिन्। कहिले शेरबहादुर देउवालाई काँग्रेस अध्यक्ष भनिन् त कहिले एमाले महासचिव ईश्वर पोखरेल भनिन्। उनले बोल्दा उपस्थितहरु हाँस्न थाले। उनी झन् नर्भस भइन्। खाडीमा युवाहरु १०० डिग्रीमा काम गर्न वाध्य भएको बोलिन्। जबकि १०० डिग्रीमा पानी नै उम्लन्छ। खाडीमा अधिकतम ५० डिग्री पुग्छ।

आखिर राप्रपा अध्यक्ष लिङ्देन आफू नगई किन महामन्त्री शाहीलाई पठाए ? उनी पार्टी संगठन निर्माणका लागि काठमाडौं बाहिर थिए। अर्कोतर्फ, काँग्रेस महाधिवेशनमा नेताहरुलाई जनताले चोर भन्छन् भनेर चर्चा बटुलेका थिए।

लिङ्देनले उपाध्यक्षहरु विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्कीमध्येलाई पठाउन खोजेका थिए। पाण्डे प्रचण्डसँग चुनाव लडेका थिए। उनको प्रचण्डसँग निकै ठूलो टकराव छ। प्रधान भाञ्जाको निधनले शोकमा छन्। कार्की पनि देशबाहिर रहेको बुझिएको छ।

महामन्त्रीमध्ये धबल शमशेर राणा नेपालगञ्जमै थिए। माओवादीले अचानक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो। निम्तो पनि ११ पौषको विहान नै दिएको थियो। पदाधिकारीमध्ये काठमाडौंमा रहेकी कुन्ती शाही मात्र थिइन्। यसकारण लिङ्देनले महामन्त्री शाहीलाई पठाए।

तर, लिङ्देनको निर्णय सही ठहरिएन। शाही हाँसोको पात्र बनिन्। शाहीले भाषण गर्न नजानेपछि धेरैले रेखा थापालाई सम्झिए। रेखा महामन्त्रीमा कुन्तीसंग पराजित भएकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...