News Portal

  • देउवा-कोइराला टकराव बढ्ने संकेत !

    हिमालीसंचार संवाददाता
    ७८३ पटक

    “शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्न सक्ने संकेतका रुपमा लिइएको छ। कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन्।”

    काठमाडौं। नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ। १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव बढ्ने संकेत देखिएको छ।

    देउवाले आफूसँग सभापतिको प्रतिष्पर्धामा दोस्रो चरणमा पराजित शेखर कोइरालालाई वरियताको २०औं नम्बरमा राखेका छन्। शेखरले देउवालाई कडा चुनौती दिएका थिए। वरियतामा देउवाले आफूपछि रामचन्द्र पौडेललाई राखे।

    कृष्णप्रसाद सिटौलालाई तेस्रो नम्बरमा राखेर पदाधिकारीहरुलाई त्यसपछि राखेका छन्। देउवाको पछिल्लो कदम शेखरको शक्तिलाई बेवास्ता गरिएको रुपमा हेरिएको छ। पार्टीमा कहिल्यै पदाधिकारी नभएका शेखर केन्द्रीय सदस्यबाट एकैपटक सभापतिको उम्मेदवार बनेका थिए।

    यो उनको राजनीतिक फड्को थियो तर, देउवाले उनलाई अझै जुनियर नै मानेको सन्देश दिएका छन्। कोइराला परिवारका ३ शक्तिशाली नेतामध्ये शेखर राजनीतिमा पछि आएका हुन्। तर, उनले चाँडै नै फड्को मार्न सके।

    उनी आफ्नो समूहबाट पदाधिकारीमा निर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डेभन्दा पनि वरियतामा तल राखिएका छन्।

    शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्न सक्ने संकेतका रुपमा लिइएको छ। कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...