News Portal

    ओली–प्रचण्ड मिलाउन फेरी कस्सिन चिनियाँ राजदूत यान्छी !

    हिमालीसंचार संवाददाता
    २५६ पटक

    “राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्।”

    काठमाडौं। चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउन कसरत गरेको छ। एमाले अध्यक्ष पदमा निर्वाचित भएपछि बधाई दिन बालकोट पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर जान आग्रह गरेकी हुन्।

    गत सोमबार राजदूत यान्छीले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेकी थिइन्। राजदूत यान्छीले नेपालका कम्युनिष्ट शक्तिहरु मिल्नुको विकल्प नभएको अध्यक्ष ओलीलाई सुनाएकी थिइन्। उनले एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर गए आगामी निर्वाचनमा फेरि कम्युनिष्ट पार्टीको बहुमत आउने बताएकी थिइन्।

    एमालेका एक नेताले अन्नपूर्णपोस्टसँग भने,‘चिनियाँ राजदूतले कम्युनिष्ट शक्तिहरु मिलेर जान आग्रह गर्नुभएको हो। तर अध्यक्षज्युले सो बारेमा खासै जवाफ दिनु भएन।’ राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्।

    जवाफमा ओलीले आफूले पार्टी विभाजन नगरेको र आफू सधै कम्युनिष्ट एकताको पक्षमा रहेको बताएको ती नेताले भने। अध्यक्ष ओलीले प्रचण्डको कारण नेकपा विभाजन भएको राजदूत यान्छीलाई भनेका थिए। अध्यक्ष ओलीले पार्टी विभाजनको कारक प्रचण्ड भएको र कम्युनिष्ट पार्टी एकताको बारेमा समेत प्रचण्डसँगै सोध्न राजदूत यान्छीलाई आग्रह गरेको स्रोतले बताएको छ।

    नेकपा विभाजन भएपछि २०७७ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना विशेष दूत चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई काठमाडौं पठाएका थिए। सो समयमा रक्षामन्त्री फेङहेले समेत कम्युनिष्ट शक्तिहरु मिलेर जानुको विकल्प नभएको भन्दै ओली र प्रचण्डलाई मिल्न दबाब दिएका थिए।

    फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडेर नेकपा बनाउन चीनले उच्चस्तरीय टोली गत पौषमा पनि नेपाल पठाएको थियो। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएका थिए।

    नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो। चिनियाँ राजदूत होउ यान्छी उक्त समयमा समेत नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय बनेकी थिइन्। तैपनि, नेकपा चिरिएको थियो।

    चीन कुनै हिसाबले पनि कम्युनिष्ट पार्टी विभाजन नहुन् भन्ने चाहन्छ। चिनियाँ राजदूत यान्छी अहिले फेरि नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन सक्रिय भएकी छन्। उनले शीर्ष नेताहरुलाई भेटेर चीनको सन्देश प्रवाह गरिरहेकी छन्।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज असार १ गते २०८२ सालको राशिफल

    आज असार १, २०८२ (जुन १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज जेठ ३१, २०८२ सालको राशिफल

    आज जेठ ३१, २०८२ (जुन १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विद्यालयको भवन निर्माणकार्य सम्पन्न भए पनि पठनपाठन सुरु भएन

    रविन्द्र बराल/ मोरङ, जेठ ३० – रंगेली नगरपालिका–३ स्थित रत्न माध्यमिक विद्यालयको चार कठ्ठा जग्गामा...

    भिजिट भिसा प्रकरणमा रास्वपा अडानमै, सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष सहमत

    काठमाडौं, जेठ ३० – भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै पनि आफ्नो अडानमा...

    रवीन्द्र मिश्र र धवलशमशेरलाई पुनः पक्राउ गर्न तयारी, आजै पक्राउ पुर्जी जारी हुने

    काठमाडौं, जेठ ३० – तीनकुने घटनामा संलग्न भएको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...