News Portal

विप्लपको नेकपा निकट विद्यार्थी संगठनको अधिवेशन उद्घाटन सत्र बिफल पार्न रामलिला मैदानमा सुरक्षाकर्मी परिचालन

हिमाली संचार संवाददाता
१२६० पटक

बाके – नेपालगन्जको रामलिला मैदानमा बिहानैदेखि ठूलो सख्ङ्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । नेपाल प्रहरी र शशस्त्र प्रहरीले बिहानैदेखि रामलिला मैदान आफ्नो नियन्त्रणमा लिएका छन् ।

विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी बाँकेको अधिवेशनको उद्घाटन सत्र बिफल पार्न रामलिला मैदानमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

आज दिउसो १२ बजे रामलिला मैदानमा क्रान्तिकारीले जिल्ला सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । क्रान्तिकारीको जिल्ला अधिवेशनको उद्घाटन सत्र जसरी भएपनी बिफल पार्ने योजनामा प्रशासन रहेको छ ।

अखिल क्रान्तिकारी बाँकेका नेता भरत रावलले आफुहरुले कुनै पनी हालतमा रामलिला मैदानमा नै कार्यक्रम गर्ने दाबी गरे । हजारौं विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन सत्र कार्यक्रम गरिने उनले जानकारी दिए ।

उद्घाटन सत्र गर्ने भनिएको ठाउँ बिहानैदेखि सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लगेपछि उद्घाटन सत्र बारे छलफल गर्न अहिले विद्यार्थी नेताहरुको बैठक बसिरहेको पश्चिमन्युजले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...