News Portal

प्रदेश २ को नाम मधेश, जनक कि मिथिला ?

हिमालीसंचार संवाददाता
२५८ पटक

जनकपुरधाम। प्रदेश २ को नामांकन हुने भएको छ। यसबारे प्रदेश सभाको बैठकमा विभिन्न नाम प्रस्ताव भएको छ। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र मधेश नाममा सहमत भएका छन्।

तीनवटै दलका प्रदेश सभा सांसदहरुबाट मधेश नाम प्रस्ताव भएको छ। तर, तीन दलको सांसद संख्या जोड्दा पनि दुई तिहाई नपुग्ने भएकाले प्रदेशको नाम टुंगो लाग्ने सुनिश्चित भएको छैन। प्रदेश २ मा कुल १०४ सांसद छन्। दुई तिहाई पुग्न ७० सांसदको समर्थन चाहिन्छ।

जसपासहित मुख्य चार दल मिलेमा मात्र दुई तिहाई पुग्छ। जसपाले नचाहेमा बाँकी दल एक हुँदा पनि दुई तिहाई पुग्दैन। प्रदेश २ को नामांकन गर्न चार पटक प्रयास भएपनि दुई तिहाई पुगेको छैन। यसपटक पनि पुग्ने सम्भावना कम छ। मिथिला र जनक नाम जसपा र लोसपाबाहेकका दलहरुबाट आइरहेका छन्।

नेकपा एमालेले जनक नाम प्रस्ताव गर्ने भएको छ। काँग्रेसले मिथिला शब्द मिलाउनुपर्ने भन्दै आएको छ। प्रदेश सभामा सबैभन्दा बढी सांसद जसपाको छ। दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा लोसपा र चौंथोमा नेकपा एकीकृत समाजवादी पार्टी छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समान पाचौंमा छन्।

कस्को कति सांसद !
जसपा – ३९
नेपाली काँग्रेस – १९
लोसपा – १६
नेकपा एस – १३
नेकपा एमाले – ८
नेकपा माओवादी केन्द्र – ८
नेपाल संघीय समाजवादी पार्टी – १

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...