News Portal

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी, धरानका मुक्सामहाङ मेन्याङ्बो पराजित

हिमालीसंचार संवाददाता
२३४ पटक

धरान – नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए। अध्यक्षमा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १११, देवान चाम्लिङले १२० र शिवकुमार डाँगीले ११३ मत ल्याएर विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रा ल्याएका थिए ।

यस्तै, ३ जना सहसचिवमा कुमारी राईले ११४, सागर किराँतीले ७३ र ऋषिराम ढुङ्गानाले ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत मात्रा प्राप्त गरिन् ।

त्यस्तै, ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...