News Portal

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी, धरानका मुक्सामहाङ मेन्याङ्बो पराजित

हिमालीसंचार संवाददाता
२८८ पटक

धरान – नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । नेम्वाङ अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव हुन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्सामहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए। अध्यक्षमा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १११, देवान चाम्लिङले १२० र शिवकुमार डाँगीले ११३ मत ल्याएर विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रा ल्याएका थिए ।

यस्तै, ३ जना सहसचिवमा कुमारी राईले ११४, सागर किराँतीले ७३ र ऋषिराम ढुङ्गानाले ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत मात्रा प्राप्त गरिन् ।

त्यस्तै, ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...