News Portal

ओलीलाई ‘सेटिङ’मार्फत बचाइएको प्रचण्डको दाबी

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एउटा सेटिङअन्तर्गत ओलीको राजनीति बचाइएको बताएका हुन् ।

निर्वाचन आयोगले कानुनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुने उनको दाबी थियो । आयोगले कानुनअनुसार निर्णय लिएको भए ओली पार्टीविहीन, चुनाव चिन्हविहीन बन्नुहुने थियो,’ प्रचण्डले भने, ‘तर, एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’

प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्नेबारेमा केही खुलाएनन् । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन भएको दाबी गरेका प्रचण्डले ओली अहिले प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका थिए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...