News Portal

ओलीलाई ‘सेटिङ’मार्फत बचाइएको प्रचण्डको दाबी

हिमालीसंचार संवाददाता
२१४ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेटिङमार्फत एमाले अध्यक्ष केपी ओलीको राजनीति बचाएको दाबी गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गरेको दिन ५ पुसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एउटा सेटिङअन्तर्गत ओलीको राजनीति बचाइएको बताएका हुन् ।

निर्वाचन आयोगले कानुनअनुसार काम गरेको भए ओली पार्टीविहीन हुने उनको दाबी थियो । आयोगले कानुनअनुसार निर्णय लिएको भए ओली पार्टीविहीन, चुनाव चिन्हविहीन बन्नुहुने थियो,’ प्रचण्डले भने, ‘तर, एउटा सेटिङअन्तर्गत उहाँलाई बचाइयो ।’

प्रचण्डले कसले कोसँग कस्तो सेटिङ गरेको हो भन्नेबारेमा केही खुलाएनन् । ओलीको राजनीति जोगाउनका लागि ठूलो डिजाइन भएको दाबी गरेका प्रचण्डले ओली अहिले प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका थिए। 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...