News Portal

दशैंको मुखमा महंगियो तरकारी, १ महिनामै ७२ प्रतिशतसम्म मुल्यवृद्धि

५३७ पटक

रोयल आचार्य
काठमाडौं – सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ ।

विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे ।

तर, तरकारी बजारको विकृति ज्यूँका त्यूँ छ । अहिले पनि ६ तहका विचौलिया पार नगरी उपभोक्ताको भान्सासम्म तरकारी पुग्दैन ।

केमा कति बढ्यो ?

गत भदौ १६ गते र असोज १६ गतेको बजार तुलना गर्दा धेरैको मूल्य बढेको पाइयो । कुनै तरकारीको मूल्य ७२ प्रतिशतसम्म वृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भदौ १६ गते गोलभेँडा सानो प्रतिकेजी ५५ रुपैयाँ तोकेको थियो । तर, यही गोलभेडा असोज १६ मा आइपुग्दा ६५ रुपैयाँ पुगेको छ । त्यतिबेला प्रतिकेजी २ सय ५ रुपैयाँ रहेकोे हरियो लसुन अहिले महंगिएर २ सय ९५ रुपैयाँमा उक्लेको छ ।

यस्तै, रातो आलु प्रतिकेजी ५८ रुपैयाँबाट ६८ रुपैयाँ, बोडी ६५ बाट ९५ रुपैयाँ, तितो करेला ५५ बाट ९५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ ५५ पुगेको छ ।

तरकारी मात्र नभएर फलफूलको मूल्य पनि बढेको छ । भूइकटहरको मूल्य १०५ रुपैयाँबाट ११५ रुपैयाँ र तरबुजा ५५ रुपैयाँबाट ६५ रुपैयाँ कायम भएको छ ।

अन्य धेरै तरकारीको मूल्य बढेको छ । यद्यपि, गाजर, बन्दा, काउली लगायतका तरकारीको मूल्यमा केही कमी आएको पाइएको छ । यसैगरी, मूला, भन्टा, घिउ सिमी, भटमास कोशालगायतका केही तरकारीहरुको मूल्य स्थिर छ ।

दशै नजिकिँदै गर्दा तरकारी तथा फलफूलमा कालोबजारी हुने विगतको तितो अनुभव छ । कडा अनुगमन गरेर मूल्यवृद्धि रोक्ने सरकारी दाबी भने गफमै सिमित छ ।

सिण्डिकेट ज्यूँका त्यूँ

तरकारीमा रहेको विचौलियाको सिण्डिकेट भत्काउने मन्त्रीद्वयले घोषणा गरेका थिए । तर कालिमाटी फलफूल तथा तरकारी बजारमा विचौलियाको एकाधिकार अहिले पनि उस्तै छ ।

विचौलियालाई समाप्त नपारेसम्म तरकारी बजार उपभोक्तामैत्री हुन नसक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘किसानको प्रत्यक्ष पहुँच उपभोक्तासम्म पुर्‍याउन सके मात्र तरकारीको मूल्य सस्तो हुन्छ र किसानलाई पनि फाइदा हुन्छ,’ उनले भने ।

अहिले तरकारीको मूल्यवृद्धि अस्वाभाविक भएको महर्जन बताउँछन् । उनी भन्छन्, ‘दशैमा धेरै माछामासुको उपभोग गरिन्छ । तरकारीको मूल्य त होइन घट्नुपर्ने हो ।’

दशैंमा अझै धेरै मूल्य बढ्न सक्ने उपभोक्ताको आशंका छ ।

मूल्य बढ्ने सिजन नै हो : व्यवसायी

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ खोमप्रसाद घिमिरेले भने अहिले तरकारीको मूल्य बढ्ने सिजन भएको दाबी गरे । तराईमा यतिबेला तरकारी कम उत्पादन हुने तथा वर्षातका कारण उत्पादनमा ह्रास आएकाले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

‘यसपाली धेरै वर्षात भयो जसका कारण लहरेबालीहरु बोडी, काउली, बन्दा लगायतमा क्षति पुग्यो’ उनले भने, ‘यसले पनि मूल्यलाई माथि धकेलेको हो ।’

दशैका बेला भने मूल्य नबढ्ने अध्यक्ष घिमिरेको दाबी छ । दशैंमा अधिकांश उपत्यकावासी गाउँतिर जाने भएकाले पनि तरकारीको मूल्य नबढ्ने उनी बताउँछन् । ‘किन्ने ग्राहक नै नभएपछि कसरी मूल्य बढ्छ ?’ उनले प्रश्न गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...