News Portal

नेपाली समाज हङकङको प्रथम अधिवेशन सम्पन्न, डा. भट्टराईद्वारा भर्चुअल मार्फत शुभकामना व्यक्त

हिमालीसंचार संवाददाता
२५५ पटक

युवा राई/हङकङ – संघीय समाजवादी पाटी र नयॉं शक्ति पाटी एकिकृत भएपछि दुई पाटी निकट राजनैतिक संगठन विदेश विभाग अन्तरगत हङकङ स्थित नेपाली समाज र समावेशी नेपाली समाज मिलेर बनेको नेपाली समाज हङकङको प्रथम अधिवेशन जोर्डन स्थित चुमलुंग हिममा हिजो शनिबार साँझ सम्पन्न भयो।

आयोजित कार्यक्रमलाई अनलाईन जुम मार्फत जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईले प्रमुख अतिथिको रुपमा अधिवेशनलाई शुभकामना दिएका थिए । डा. भट्टराईले पाटीले अंगीकार गरेका प्रमुख चार नीति संघियता, सुशासन, समृद्धि र समाजवादको अर्थ र औचित्यका विषयमा स्पष्ट पारेका थिए। 

अधिवेशनको उद्घाटन समारोहमा राजनैतिक दलका हङकङ स्थित भातृ संगठनहरुको तर्फवाट जनसम्पर्क समितिका अध्यक्ष काजीमान गुरुङ, प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष दलहांग नेम्वाङ, जन प्रगतिशिल मञ्चका अध्यक्ष दुर्गा बहादुर गुरुङ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष ईश्वर विक्रम शाहले अधिवेशन सफलताको शुभकामना  दिएका थिए। 

नेपाली समाजका अध्यक्ष इन्द्र वनेमले उद्घाटन समारोह समापन गर्दै हेजेन राईको अध्यक्षतामा अध्यक्ष समिति गठन भएको घोषणा गरेका थिए । कार्यक्रमको बन्द सत्रले ईन्द्र वनेमकै अध्यक्षतामा नयॉं कार्य समिति समेत गठन गरेको थियो । 

नेपाली समाज हङकङको नयाँ कार्यसमितिका अध्यक्षमा ईन्द्र वनेम, उपाध्यक्ष श्याम इङ्नाम, उपाध्यक्ष चन्द्रका राई,  सचिव बिश्वनाथ घिसिङ, कोषाध्याक्ष भवेश घिसिङ र सदस्यहरुमा 

६.सम्शेर तुम्वाहाङ्फे शरण सुब्बा, प्रदिप किरावा, देबमान लिम्बु (मिडिया), हिम सिङ्गका, ओम गुरुङ, जुनु दिब्या राना, प्रदिप कन्दन्वा, राम लि राई, दिलिप तामाङ, दुर्गा प्रसाद तामाङ, लोकेन्द्र परियार, राजु बराईली, अमोद राई, बिरेन्द्र काजी गुरुङ, माया देबी राई, रुद्र फोम्बो, मनि राज लिम्बु, बिष्णु पाखृन, ईन्द्र सिं राई, पिटर गुरुङ, शिब कुमार पुन, उर्मिला घले, सुर्यमान राई, ज्ञान बहादुर राई, दक्ष लिम्बु, सुमन वनेम र गजेन्द्र राई रहेका छन् ।

त्यस्तै, आयोजित कार्यक्रममा सल्लाहकार डा. चुरा थापा, नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, उपाध्यक्ष लव कुमार गुरुङ लगायतका मानुभावहरुको समेत उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव मनोज गौतमले संचालन गरेका थिए। 

फोटो फिचरः 

 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...