News Portal

वरीयतामा पुरानालाई भन्दा पूर्वमाओवादीलाई ओलीको साथ

सचिवमा पनि रायमाझी र भट्ट नै माथि

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको वरीयतामा पार्टीका पुराना नेताहरूलाई भन्दा पूर्वमाओवादीलाई अघि सारेका छन्। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन(अपानी)मा नेताहरूको वरीयता निर्धारण गरिएको छ।

वरीयता निर्धारण गर्ने क्रममा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई माथि राखेका छन्। चितवनमा सम्पन्न दसौं महाधिवेशनमा भएको निर्वाचनमा ६ उपाध्यक्षमध्ये सबैभन्दा थोरै मत रामबहादुर थापा ‘बादल’ले ल्याएका थिए। तर थापाको वरीयता तेस्रो नम्बरमा छ। उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्।

बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने, पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्। उपाध्यक्षको पाचौं वरीयतामा रहेका नेम्वाङले अन्तिम समयसम्म पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए। उनले पार्टीमा आफूभन्दा बरिष्ठ केपी ओलीमात्रै रहेको तर्क गरेका थिए।

त्यस्तै ७ सचिवमध्ये २ जना सचिव पूर्वमाओवादी पक्षधर हुन्। उनीहरूलाई वरीयतामा पहिलो र दोस्रो राखिएको छ। टोपबहादुर रायमाझी सचिवको पहिलो वरीयतामा छन् भने लेखराज भट्ट दोस्रो वरीयतामा छन्। महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका गोकर्ण बिष्ट तेस्रो वरीयतामा छन् भने दोस्रो धेरै मत ल्याएका योगेश भट्टराई चौथो वरीयतामा छन्।

बिष्टले नवौं महाधिवेशनमा समेत सचिवमा सबैभन्दा धेरै मत ल्याएका थिए। उनले उपमहासचिवको दाबी गरेका थिए। तर ओलीले नवौं महाधिवेशनमा सचिवमा पराजित बनेका विष्णु रिमाललाई उपमहासचिवमा बढुवा गरेका छन्। उपमहासचिवको पहिलो वरीयतामा रहेका प्रदीप ज्ञवाली र दोस्रो वरीयतामा रहेका पृथ्वीसुब्बा गुरूङ नवौं महाधिवेशनमा सचिवमा विजयी भएका थिए।

रिमाल भने उपमहासचिको तेस्रो वरीयतामा छन्। सचिवको पाँचौं वरीयतामा परेका छविलाल विश्वकर्मा र छैठौं वरीयतामा रहेका रघुवीर महासेठ यसअघि स्थायी कमिटी सदस्य थिए। सातौं वरीयतामा रहेकी पदमा अर्याल केन्द्रीय सदस्य थिइन्।

उपध्यक्ष बनेका थापा, सचिव बनेका रायमाझी र भट्ट एमाले माओवादी एकता भंग भएपछि पनि एमालेमै रहेका हुन्। वरीयतालाई लिएर एमालेभित्र असन्तुष्टि बढेको छ। स्रोतका अनुसार बादललाई अघि सारिएकोमा सबैभन्दा असन्तुष्ट नेम्वाङ बनेका छन् भने, पौडेल र पाण्डे पनि सन्तुष्ट छैनन्।

त्यस्तै सचिवमा रायमाझी र भट्टलाई अघि सारिएकोमा बिष्ट र भट्टराई सन्तुष्ट छैनन्। ‘पार्टी अध्यक्षले मनोमानी ढंगले काम गर्नुभएको छ।अहिले नै त यसबारे बोल्न मिलेन,’ एक पदाधिकारीले भने,’एकदिन यो अवश्य बिस्फोट हुन्छ। कुनै विधि नबनाइकन एकलौटी ढंगले वरीयता निर्धारण भएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...