News Portal

वरीयतामा पुरानालाई भन्दा पूर्वमाओवादीलाई ओलीको साथ

सचिवमा पनि रायमाझी र भट्ट नै माथि

हिमालीसंचार संवाददाता
३१८ पटक

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको वरीयतामा पार्टीका पुराना नेताहरूलाई भन्दा पूर्वमाओवादीलाई अघि सारेका छन्। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन(अपानी)मा नेताहरूको वरीयता निर्धारण गरिएको छ।

वरीयता निर्धारण गर्ने क्रममा ओलीले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई माथि राखेका छन्। चितवनमा सम्पन्न दसौं महाधिवेशनमा भएको निर्वाचनमा ६ उपाध्यक्षमध्ये सबैभन्दा थोरै मत रामबहादुर थापा ‘बादल’ले ल्याएका थिए। तर थापाको वरीयता तेस्रो नम्बरमा छ। उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन्, दोस्रोमा अष्टलक्ष्मी शाक्य छन्।

बादल तेस्रो वरीयतामा हुँदा विष्णु पौडेल चौंथो वरीयतामा छन् भने, पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन्। उपाध्यक्षको पाचौं वरीयतामा रहेका नेम्वाङले अन्तिम समयसम्म पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए। उनले पार्टीमा आफूभन्दा बरिष्ठ केपी ओलीमात्रै रहेको तर्क गरेका थिए।

त्यस्तै ७ सचिवमध्ये २ जना सचिव पूर्वमाओवादी पक्षधर हुन्। उनीहरूलाई वरीयतामा पहिलो र दोस्रो राखिएको छ। टोपबहादुर रायमाझी सचिवको पहिलो वरीयतामा छन् भने लेखराज भट्ट दोस्रो वरीयतामा छन्। महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका गोकर्ण बिष्ट तेस्रो वरीयतामा छन् भने दोस्रो धेरै मत ल्याएका योगेश भट्टराई चौथो वरीयतामा छन्।

बिष्टले नवौं महाधिवेशनमा समेत सचिवमा सबैभन्दा धेरै मत ल्याएका थिए। उनले उपमहासचिवको दाबी गरेका थिए। तर ओलीले नवौं महाधिवेशनमा सचिवमा पराजित बनेका विष्णु रिमाललाई उपमहासचिवमा बढुवा गरेका छन्। उपमहासचिवको पहिलो वरीयतामा रहेका प्रदीप ज्ञवाली र दोस्रो वरीयतामा रहेका पृथ्वीसुब्बा गुरूङ नवौं महाधिवेशनमा सचिवमा विजयी भएका थिए।

रिमाल भने उपमहासचिको तेस्रो वरीयतामा छन्। सचिवको पाँचौं वरीयतामा परेका छविलाल विश्वकर्मा र छैठौं वरीयतामा रहेका रघुवीर महासेठ यसअघि स्थायी कमिटी सदस्य थिए। सातौं वरीयतामा रहेकी पदमा अर्याल केन्द्रीय सदस्य थिइन्।

उपध्यक्ष बनेका थापा, सचिव बनेका रायमाझी र भट्ट एमाले माओवादी एकता भंग भएपछि पनि एमालेमै रहेका हुन्। वरीयतालाई लिएर एमालेभित्र असन्तुष्टि बढेको छ। स्रोतका अनुसार बादललाई अघि सारिएकोमा सबैभन्दा असन्तुष्ट नेम्वाङ बनेका छन् भने, पौडेल र पाण्डे पनि सन्तुष्ट छैनन्।

त्यस्तै सचिवमा रायमाझी र भट्टलाई अघि सारिएकोमा बिष्ट र भट्टराई सन्तुष्ट छैनन्। ‘पार्टी अध्यक्षले मनोमानी ढंगले काम गर्नुभएको छ।अहिले नै त यसबारे बोल्न मिलेन,’ एक पदाधिकारीले भने,’एकदिन यो अवश्य बिस्फोट हुन्छ। कुनै विधि नबनाइकन एकलौटी ढंगले वरीयता निर्धारण भएको छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...