News Portal

काङ्ग्रेस नेता रविप्रकाशले गरे केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता

हिमालीसंचार संवाददाता
२८७ पटक

काठमाडौं -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन। आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेद्वारी दर्ता गराएका हुन।

युवा नेता राईको प्रस्तावकको रुपमा उदयपुर जिल्लाका नवनिर्वाचित काङ्ग्रेस सभापती एवं भौतिक तथा पुर्वाधार विकास मन्त्री हिमाल कार्की तथा समर्थकको रुपमा नेपाली काङ्ग्रेस प्रदेश नं १ का नवनिर्वाचित प्रदेश सदस्य एवं तरुण दल सुनसरीका जिल्ला सभापती सिजन गुरुङ रहेका छन।

युवा नेता रविप्रकाशले, नेपाली काङ्ग्रेसमा आफ्नो र भावी पुस्ताको प्रतिनिधित्व र पुस्ता समन्वयको महत्वका लागी केन्द्रिय सदस्य पदमा उम्मेद्वारी रहेको बताएका छन।

साथै, उनले जनस्तर र जनमनमा विराजमान काङ्ग्रेसको छवी व्युताउनका निम्ती र संगठन निर्माणमा विश्वास राख्ने सुदृढ र सबल काङ्ग्रेस निर्माण गर्नका लागि पनि केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेद्वारी रहेको जानकारी दिए।

लामो समय वेलायतमा रहि प्रवासका विभिन्न जनसम्पर्क समितीहरुमा संगठन विस्तार गरि स्वदेश फर्किएका नेता राई जिल्लामा संगठन निर्माण गर्न सक्ने नेताका रुपमा चिनिन्छन। युवाहरु माझ प्रिय छवि बनाएक राई २०७० सालको संविधान सभा सदस्यका उम्मेद्वार समेत थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...