News Portal

प्रदेश नं. १ मा सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराती

हिमालीसंचार संवाददाता
२२० पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश नं. १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किरातीले आफ्नो पनि उम्मेदवारी रहनसक्ने संकेत गरेका छन् ।

प्रदेश नं. १ को पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न नसके बलियो पार्टी निर्माण गरी देश र जनताको सेवा गर्ने संकल्पसहित अध्यक्षमा उम्मेदवारी रहन सक्ने किरातीले संकेत गरेका हुन् ।

पार्टी भित्र व्यापक धमिरा प्रबृति फष्टाएको भन्दै त्यो प्रबृतिको भण्डाफोर गर्नु पर्ने बेला भएको किरातीको भनाई थियो । उनले ‘समिक्षा र आत्मसमिक्षा नगर्ने, पार्टी निर्माणको संकल्प नगर्ने, आत्मकेन्द्रीत व्यक्तिवादी प्रवृति देखा परिरहेको अबस्थामा अध्यक्षमा मेरो उम्मेदवारी स्वभाबिक रहनेछ।’

किरातीले थप भनेः ‘पार्टी भित्र सर्टिफिकेट देखाएर धमिराले काठ खाए झै पार्टीलाई खाने प्रबृतिलाई परास्त गर्नु नै अहिलेको नेतृत्वको अगाडी मुख्य चुनौती हो।’ पार्टी निर्माणको संकल्प नगर्ने हो भने पुरानै प्रवृत्तिले पार्टी चलाउछु भन्ने हो भने यस खालको नेतृत्व अवको माओवादी पार्टीमा कार्यकर्ताले स्वीकार गर्न नसक्ने किरातीको जोड रहेको थियो ।

नेकपा माओवादी केन्द्रले देशका सबै प्रदेशमा आगामी २५ गतेदेखि एकसाथ अधिवेशन सम्पन्न गर्दैछ । प्रदेश नं. १ मा हालसम्म पार्टी अध्यक्षका लागि सुरेसकुमार राई, ईन्द्र आङबो र हेमराज भण्डारीको चर्चा रहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...