News Portal

कांग्रेस महाधिवेशन : तीन गुट तीनतिर, अलग-अलग बैठक

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने मिति नजिकिँदै गर्दा यसका नेताहरू तीन समूह (गुट) मा विभाजन भएर आआफ्ना उम्मेदवार चयन र चुनावी रणनीतिबारे छलफलमा सक्रिय भएका छन्।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको समूह अर्थात् संस्थान पक्षको बैठक देउवाको निजी निवास बूढानीलकण्ठमा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा तथा कृष्णप्रसाद सिटौला समूहको बैठक चन्डोलस्थित उनकै निवासमा बसिरहेका छन्।  

संस्थापन पक्षले महाधिवेशनमा सभापति बाहेक पदाधिकरीका उम्मेदवार चयनबारे छलफल गरिहेको छ भने पौडेल पक्षले सभापति पदमा साझा उम्मेदवारबारे छलफलमा जुटेका छन् । यस्तै, सिटौला समूहले पनि उम्मेदवार चयन र तालमेलबारे छलफल गरिरहेका छन् ।  

तीनवटै बैठक आज बिहान ९ बजेपछि सुरु भएका हुन्। पौडेल पक्षबाट सभापतिका आकांक्षीबीच मंगलबार सहमति खोज्न बसेको बैठक टुंगोमा नपुगेपछि पुनः आज बसेको हो।

उता संस्थापन पक्षतर्फ पनि सभापति पदको उम्मेदवारीमा देउवासँगै उपसभापति विमलेन्द्र निधिले पनि दाबी गरिरहेका छन् भने अन्य पदका आकांक्षीको संख्या पनि धेरै रहेका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...