News Portal

कांग्रेस महाधिवेशन : तीन गुट तीनतिर, अलग-अलग बैठक

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने मिति नजिकिँदै गर्दा यसका नेताहरू तीन समूह (गुट) मा विभाजन भएर आआफ्ना उम्मेदवार चयन र चुनावी रणनीतिबारे छलफलमा सक्रिय भएका छन्।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको समूह अर्थात् संस्थान पक्षको बैठक देउवाको निजी निवास बूढानीलकण्ठमा, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा तथा कृष्णप्रसाद सिटौला समूहको बैठक चन्डोलस्थित उनकै निवासमा बसिरहेका छन्।  

संस्थापन पक्षले महाधिवेशनमा सभापति बाहेक पदाधिकरीका उम्मेदवार चयनबारे छलफल गरिहेको छ भने पौडेल पक्षले सभापति पदमा साझा उम्मेदवारबारे छलफलमा जुटेका छन् । यस्तै, सिटौला समूहले पनि उम्मेदवार चयन र तालमेलबारे छलफल गरिरहेका छन् ।  

तीनवटै बैठक आज बिहान ९ बजेपछि सुरु भएका हुन्। पौडेल पक्षबाट सभापतिका आकांक्षीबीच मंगलबार सहमति खोज्न बसेको बैठक टुंगोमा नपुगेपछि पुनः आज बसेको हो।

उता संस्थापन पक्षतर्फ पनि सभापति पदको उम्मेदवारीमा देउवासँगै उपसभापति विमलेन्द्र निधिले पनि दाबी गरिरहेका छन् भने अन्य पदका आकांक्षीको संख्या पनि धेरै रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...