तेश्रो दिनपछि लिङदेनलाई मिश्रको बधाई, ‘विकृत वामवाद’ को चाल चिर्न भूमिका खेल्न सुझाब

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई तीनपछि बधाई दिएका छन् । मिश्रको बधाई सन्देशमा लिङदेनको विजयले विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।
अध्यक्षमा लिङदेन विजयी भएको तेस्रो दिन मिश्रले सामाजिक सञ्जालमार्फत सैद्धान्तिक लेपनसहितको बधाई सन्देश दिएका हुन् । सन्देशमा उनले अर्थराजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी एजेण्डा चाहिएको बताएका छन् ।
‘तर, राजनीतिक-सामाजिकरूपमा नेपाल मूलतः नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रुपान्तरण गर्न सकिँदैन,’ सन्देशमा भनिएको छ ।
मिश्रले थप लेख्छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।’भनेका छन्।
राप्रपाको अध्यक्षमा निर्वाचित हुनुभएकोमा @RajendraLingden लाई हार्दिक बधाई/शुभकामना!राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत नरम परम्परावादी (moderate conservative) समाज हो।त्यसलाई विषाक्त भाष्य निर्माण गरेर विथोल्ने विदेशी र विकृत वामवादको प्रयास चिर्न तपाईंको विजयले अहं भूमिका खेल्नेछ। pic.twitter.com/AHoo1k2n5X
— Rabindra Mishra (@RabindraMishra) December 7, 2021

















