News Portal

  • ‘गीता छोएर पार्टी नफुटाउने कसम खाएका’ कमल थापा नयाँ दल खोल्ने तयारीमा

    हिमालीसंचार संवाददाता
    २३० पटक

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीता छोएर पार्टी अब नफुटाउने कसम खाएका थिए ।

    उनीसहित निवर्तमान अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि त्यसरी नै कसम खाएका थिए । आफूहरुले कसम खाएको विषय थापाले राप्रपाको महाधिवेशनको बेलामा पनि उल्लेख गरेका थिए ।

    थापाले महाधिवेशन उद्घाटनमा भनेका थिए,‘हामीले गीता छोएर पार्टी नफुटाउने कसम खाएका छौं, हामी पार्टी फुट्न दिदैनौं ।’ तर, एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले त्यसलाई सहज रुपमा स्वीकार्न सकेका छैनन् ।

    थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पार्टीमा खेलेको आरोप लगाए । उनले आफ्नो हारको कारण पूर्व राजा शाह भएको आरोप लगाए । यतिमात्र नभई नयाँ अध्यक्षसहितको पदाधिकारी र केन्द्रीय कमिटीको सपथमा सहभागी भएनन् ।

    अहिले थापा प्यानलबाट विजयीमध्ये कतिपयले लिङ्देनलाई सहज रुपमा स्वीकार्न सकेका छैनन् । आफूभन्दा उमेरले निकै कान्छा र राजनीतिक रुपमा पछि आएका लिङ्देनको नेतृत्व धेरैका लागि असहज बनेको छ । थापाले आफ्नो नयाँ टिम बनाएर अर्को दल खोल्ने तयारी बढाएका छन् । यसका लागि छलफल बढाएको बुझिएको छ ।

    कमल थापानिकट एक पदाधिकारीका अनुसार नयाँ दल खोल्ने गृहकार्य भइसकेको छ । ती नेताले लिङ्देनलाई नेता मान्न सक्ने अवस्था नभएको समेत बताए । उनले भने,‘अब नयाँ पार्टीको सोचमा बढ्ने अवस्था छ ।’

    राप्रपाको पदाधिकारी र केन्द्रीय कमिटीमा थापाको बहुमत छ । तर, थापाको हारसँगै कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले लिङ्देनसँग निकटता बनाइसकेका छन् । यसकारण पनि थापा छिट्टै नयाँ निर्णयमा पुग्ने बुझिएको छ । अब उनले राजसंस्थाको मुद्दा त्याग्ने र हिन्दुराष्ट्रको मात्र मुद्दा उठाउने तयारी गरेको बुझिएको छ 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...