News Portal

नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य एमाले प्रवेश

हिमालीसंचार संवाददाता
२७९ पटक

खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य देउमान राई एमाले प्रवेश गरेका छन् । बुधबार एमालेले खार्ताम्छामा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वडासदस्य सहित विभिन्न पार्टी परित्याग गरी १८ जना युवाहरु एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले जिल्ला कमिटि सदस्य एवम् केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले खादा अबिर लगाएर स्वागत गरेका थिए।

नेपाली कांग्रेसका क्रियासिल सदस्य एवं पुर्व वडासचिव प्रदीप राई, क्रियासिल सदस्य किशोर राई, जय राई, सञ्जिव राई, बलिराज बिक, नीरकुमार राई, युवराज राई, रमेश बिक, बाबुराम राई, माओवादी केन्द्रका वडासदस्यका प्रत्यासी मैनाहिरा राई, जसपाका मायाँलक्षी राई, इमानसिं राई, नवराज राई, सप्तराज राई, मायाँ राई, रहरमनी राई र सावित्रा राई पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...