News Portal

प्रदेश १ मा देउवा-सिटौलाको सफलता: सभापतिसहित पदाधिकारीमा बर्चश्व, पौडेल-कोइराला समुहको महामन्त्री मात्र विजयी

सभापतिमा संस्थापनका थापाले पौडेल कोइराला समुहका घिमिरेलाई २ मतान्तरले हराए

हिमालीसंचार संवाददाता
२५३ पटक

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ कार्यसमितिमा सभापतिसहित पदाधिकारीहरुमा संस्थापन(देउवा-सिटौला) समुहले बर्चश्व कायम गरेको छ । कुल ८ जना पदाधिकारीमा पौडेल-कोइराला समुहको एक जना महामन्त्रीले मात्र जित हासिल गरेका छन् ।

निर्वाचन मत परिणाम अनुसार सभापतिमा संस्थापनका उद्धव थापा विजयी भएका छन् । विराटनगरमा गए राती सम्पन्न निर्वाचनमा थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरे । थापाले ८४४ मत पाएर विजयी हुँदा घिमिरेले ८४२ मत मात्र पाएका थिए । विजयी भएका थापा झापाका पुर्वसभापति हुन् भने पराजित घिमिरे कांग्रेस नेता शेखर कोइरालाको गृहजिल्ला मोरङका हुन् । उनी नेवि संघका पुर्वसभापति समेत हुन् ।

निर्वाचन मतपरिणाम अनुसार दुई उपसभपतिमा पनि थापा प्यानलका उम्मेदवार रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । रायमाझीले ८९० र राईले ८४७ मत पाएका छन् । घिमिरे प्यानलका गोविन्दप्रसाद ढुंगाना ७६५ र विश्वनाथ रिजाल(त्रिचोलन) ६६९ मत पाएर पराजित भए ।

दुई महामन्त्री पदमा भने दुवै प्यानलका एक एक जना विजयी भएका छन् । घिमिरे प्यानलका उम्मेदवार उमेश थापा ८२३ मत ल्याएर विजयी हुँदा अर्का महामन्त्रीमा थापा प्यानलका भुपेन्द्र राई ८२४ मत ल्याएर विजयी भए । यस्तै, महिला सहमहामन्त्रीमा थापा प्यानलका प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भइन् । उनीसँग घिमिरे प्यानलका सीता कार्की ७३३ मत ल्याएर हारिन् । 

यस्तै, खुल्ला सहमहामन्त्रीमा थापा प्यानलका खड्ग फागो सर्वाधिक १०२६ मत ल्याएर विजयी हुँदा अर्को सहमहामन्त्रीमा सोही प्यानलका विनोद कुमार बस्नेत पनि ७४७ मत पाएर विजयी भएका छन् । घिमिरे प्यानलका रोहित कुमार साहले ६६५ र विरकाजी राईले ६४७ मात्र पाएर पराजित भए भने एक स्वतन्त्र उम्मेदवार शुभचन्द्र राईले ८४ मत मात्र ल्याए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...