News Portal

  • कांग्रेस बागमति प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

    इन्द्रबहादुर बानियाँले १०८५ मत प्राप्त गरी विजयी

    हिमालीसंचार संवाददाता
    ४१९ पटक

    काठमाडौ – नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ।उहाँका निकटतम प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई १५८ मतले पराजितले गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो।

    कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवंमकवानपुर सभापति बानियाँले आइतबार भएको दोस्रो चरणको निर्वाचनमा १०८५ मत प्राप्त गर्नुभयो।भने केसीले ९२७ मत प्राप्त गर्नुभयो।बागमती प्रदेश सभापतिका लागि बानियाँ, केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा हुनुहुन्थ्यो।

    शनिबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका तीनै उम्मेदवारमध्ये कसैले पनि बहुमत अर्थात ५१ प्रतिशत मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो।यसअघि आज बिहान सभापतिका अर्का उम्मेद्वार प्रधानले पत्रकार सम्मेलन गरी बानियाँलाई समर्थन गर्नु भएको थियो। आइतबार भएको मतदानमा हिजो भन्दा ५८ मत कम अर्थात २ हजार २५ मत खसेको थियो जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन्।

    बागमती प्रदेश सभापतिमा निर्वाचित बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिनुभएको हो। उहाँ नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति हुनु भएको थियो। उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद हुनुहुन्छ।बानियाँले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ।

    २०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहनु भएको छ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...