News Portal

कांग्रेस बागमति प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

इन्द्रबहादुर बानियाँले १०८५ मत प्राप्त गरी विजयी

हिमालीसंचार संवाददाता
५०१ पटक

काठमाडौ – नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ।उहाँका निकटतम प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई १५८ मतले पराजितले गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवंमकवानपुर सभापति बानियाँले आइतबार भएको दोस्रो चरणको निर्वाचनमा १०८५ मत प्राप्त गर्नुभयो।भने केसीले ९२७ मत प्राप्त गर्नुभयो।बागमती प्रदेश सभापतिका लागि बानियाँ, केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा हुनुहुन्थ्यो।

शनिबार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका तीनै उम्मेदवारमध्ये कसैले पनि बहुमत अर्थात ५१ प्रतिशत मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो।यसअघि आज बिहान सभापतिका अर्का उम्मेद्वार प्रधानले पत्रकार सम्मेलन गरी बानियाँलाई समर्थन गर्नु भएको थियो। आइतबार भएको मतदानमा हिजो भन्दा ५८ मत कम अर्थात २ हजार २५ मत खसेको थियो जारी अधिवेशनमा २ हजार १ सय ५१ प्रतिनिधि रहेका छन्।

बागमती प्रदेश सभापतिमा निर्वाचित बानियाँ २०४४ सालदेखि राजनीतिमा होमिनुभएको हो। उहाँ नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति हुनु भएको थियो। उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद हुनुहुन्छ।बानियाँले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ।

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहनु भएको छ।

 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...