News Portal

रवीन्द्र मिश्रको आक्रोशः यो देशमा माओको गुणगान गाउन हुने, महेन्द्रको नहुने?

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताउदै माओको गुणगान गाउनु हुने तर महेन्द्रको नहुने? भन्दै आक्रोश पोखेका छन्।

आज शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउन जानेहरुले यो देश बनाउन नसक्ने समेत बताए।

‘यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने तर देशमा राजा महेन्द्रको गुणगान गाउन नहुने? किन नहुने?,’ मिश्रको प्रतिप्रश्न छियो ।

उनले आफूलाई राजसंस्थावादी भनेर आरोप लगाइएको बताए। ‘म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ। म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ,’ उनको आक्रोश रहेको थियो।

मिश्रले आफूहरुसँग विचार नभएको भन्ने आरोपको खण्डन गरे। ‘उहाँहरु (आरोप लगाउनेहरु)को लागि विचार भनेको मार्क्स र माओले ओडाइदिएको समाजवाद र साम्यवादको छातामात्रै हो,’ उनले भने, ‘उहाँहरुको लागि अजेण्डा भनेको सांसदलाई सांसद विकास कोष दिएर सांसदलाई ठेकेदार बनाउने अजेण्डा हो। 

मिश्रले थप भने “उहाँहरुको अजेण्डा भनेको बिचौलियासँग साँठगाँठ गरेर दिनै नसकिने अस्पताल चलाउन दिने, स्कुल चलाउन दिने, व्यापार चलाउन दिने, शहरलाई कंक्रिटको जंगल बनाउन दिने हो। यो सम्पूर्ण उहाँहरुको अजेण्डा हो। ती अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति हो। हामीले भनेको अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति होइन।’ उनले आक्रोशै आक्रशमा अधिकांश समय दिएका थिए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...