News Portal

केन्द्रिय सदस्यबाट आउट भएका भट्टराई प्रदेश अध्यक्षको आश्वासन

हिमालीसंचार संवाददाता
२०३ पटक

काठमाडौं – नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई आउट भए । उनलाई प्रदेश अध्यक्षक लागि आश्वसन दिईएको बताईन्छ।

भट्टराईलाई प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । उनी दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए ।

तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै परेनन् । सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँछन् । भट्टराईले उम्मेदवारी पनि दिएनन् ।

उच्च स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रिय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।

भट्टराईले दसौँ महाधिवेशनमा आफ्नो भूमिका बारे सामाजिक संजालमा समेत लेखेका छन् । उनी भन्छन् “महाधिवेशनमा प्रस्तुत केन्द्रीय कमिटीमा मेरो नाम नपरेको बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएका छन । एकथरीले मेरो नाम नआएकोमा खुसी वा ठिक्क पर्यो वा ब्यङ्यात्मक टिप्पणी गर्नुभएको छ भने अर्को ठुलो पङ्तिले चिन्ता वा सद्भाव वा आश्चर्य मानेर लेख्नुभएको पढेको छु ।” 

उनी थप प्रष्ट पार्न चाहान्छन् “खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ । म यसैपनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु,  अब थप सशक्त  भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु । भनेका छन् । 

उनले आफ्नो चित्त बुझाउदै अत्यमा भनेका छन् “यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन्। नेपाली राजनीतिमा मेरो सानो -ठुलो भूमिका अनवरत रहिरहनेछ । कोहि खुसी नहुन कोहि चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...