News Portal

केन्द्रिय सदस्यबाट आउट भएका भट्टराई प्रदेश अध्यक्षको आश्वासन

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौं – नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई आउट भए । उनलाई प्रदेश अध्यक्षक लागि आश्वसन दिईएको बताईन्छ।

भट्टराईलाई प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । उनी दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए ।

तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै परेनन् । सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँछन् । भट्टराईले उम्मेदवारी पनि दिएनन् ।

उच्च स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रिय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।

भट्टराईले दसौँ महाधिवेशनमा आफ्नो भूमिका बारे सामाजिक संजालमा समेत लेखेका छन् । उनी भन्छन् “महाधिवेशनमा प्रस्तुत केन्द्रीय कमिटीमा मेरो नाम नपरेको बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएका छन । एकथरीले मेरो नाम नआएकोमा खुसी वा ठिक्क पर्यो वा ब्यङ्यात्मक टिप्पणी गर्नुभएको छ भने अर्को ठुलो पङ्तिले चिन्ता वा सद्भाव वा आश्चर्य मानेर लेख्नुभएको पढेको छु ।” 

उनी थप प्रष्ट पार्न चाहान्छन् “खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ । म यसैपनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु,  अब थप सशक्त  भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु । भनेका छन् । 

उनले आफ्नो चित्त बुझाउदै अत्यमा भनेका छन् “यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन्। नेपाली राजनीतिमा मेरो सानो -ठुलो भूमिका अनवरत रहिरहनेछ । कोहि खुसी नहुन कोहि चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...