News Portal

नेकपा एमालेको पहिलो केन्द्रिय सदस्यमा निर्वाचित भईन धरानकी मञ्जु भण्डारी

हिमालीसंचार संवाददाता
३१२ पटक

धरान – धरान उपमहानगरपालिका धरानकी उपमेयर समेत रहेकी युवा नेतृ मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् ।

चितवनको सौराहामा जारी १० औं महाधिवेशनमा भएको मतदानबाट उनी केन्द्रीय सदस्यमा प्रदेश नं १ को महिला कोटाबाट केन्द्रीय सदस्य निवार्चित भएकी हुन् । पूर्वको कम्युनिष्ट गढ मानिएको धरानबाट नेकपा एमालेको केन्द्रीय सदस्य हुने उनी पहिलो एमाले नेता एवं राजनीतिककर्मी हुन् । भण्डारीले १७९० मत ल्याउदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रदेश नं १ का लागि ३ जनाको महिला कोटा रहेको थियो। उक्त कोटाका लागि ४ जनाको उम्मेदवारी परेपछि चुनाव भएको थियो। भण्डारीसँगै मेनका काफ्ले, उषाकला राई र सुनसरीकै निरा खनालको पनि उम्मेदवारी परेको थियो । ती मध्ये धरानकी भण्डारीले १७९० मत, झापाकी काफ्लेले १६३४ र खोटाङकी उषाकला राईले १८७५ मत पाएर निर्वाचित भएकी छिन् । सुनसरी जिल्लाकै अर्की खनाल भने ६१४ मत मात्र पाएर पराजित भएकी थिईन् ।

पराजित भएकी खनालको नाम बन्द सत्रका क्रममा अध्यक्ष ओलीले केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि खनालको नाम समावेश थिएन । उक्त सुची हलबाट अनुमोदन भए पनि निर्वाचन प्रक्रिया पुरा गर्ने क्रममा खनालले पनि उम्मेदवारी दर्ता गराएपछि प्रदेश १ को महिला कोटामा पनि मतदान भएको थियो । 

केन्द्रीय सदस्यमा विजयी नेतृ भण्डारी अखिलको राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी विस २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुदै धरानको उपमेयर भएकी छिन् । हाल उनी अनेम संघ सुनसरी जिल्ला अध्यक्ष हुन् भने एमाले सुनसरी जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य पनि छिन् । यसअघि उनी जिल्ला सचिवालय सदस्य तथा धरान इञ्चार्ज पनि थिइन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...