News Portal

नेकपा एमालेको पहिलो केन्द्रिय सदस्यमा निर्वाचित भईन धरानकी मञ्जु भण्डारी

हिमालीसंचार संवाददाता
२५७ पटक

धरान – धरान उपमहानगरपालिका धरानकी उपमेयर समेत रहेकी युवा नेतृ मञ्जु भण्डारी सुवेदी नेकपा एमालेको केन्द्रीय सदस्यमा निवार्चित भएकी छिन् ।

चितवनको सौराहामा जारी १० औं महाधिवेशनमा भएको मतदानबाट उनी केन्द्रीय सदस्यमा प्रदेश नं १ को महिला कोटाबाट केन्द्रीय सदस्य निवार्चित भएकी हुन् । पूर्वको कम्युनिष्ट गढ मानिएको धरानबाट नेकपा एमालेको केन्द्रीय सदस्य हुने उनी पहिलो एमाले नेता एवं राजनीतिककर्मी हुन् । भण्डारीले १७९० मत ल्याउदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रदेश नं १ का लागि ३ जनाको महिला कोटा रहेको थियो। उक्त कोटाका लागि ४ जनाको उम्मेदवारी परेपछि चुनाव भएको थियो। भण्डारीसँगै मेनका काफ्ले, उषाकला राई र सुनसरीकै निरा खनालको पनि उम्मेदवारी परेको थियो । ती मध्ये धरानकी भण्डारीले १७९० मत, झापाकी काफ्लेले १६३४ र खोटाङकी उषाकला राईले १८७५ मत पाएर निर्वाचित भएकी छिन् । सुनसरी जिल्लाकै अर्की खनाल भने ६१४ मत मात्र पाएर पराजित भएकी थिईन् ।

पराजित भएकी खनालको नाम बन्द सत्रका क्रममा अध्यक्ष ओलीले केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि खनालको नाम समावेश थिएन । उक्त सुची हलबाट अनुमोदन भए पनि निर्वाचन प्रक्रिया पुरा गर्ने क्रममा खनालले पनि उम्मेदवारी दर्ता गराएपछि प्रदेश १ को महिला कोटामा पनि मतदान भएको थियो । 

केन्द्रीय सदस्यमा विजयी नेतृ भण्डारी अखिलको राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी विस २०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी हुदै धरानको उपमेयर भएकी छिन् । हाल उनी अनेम संघ सुनसरी जिल्ला अध्यक्ष हुन् भने एमाले सुनसरी जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य पनि छिन् । यसअघि उनी जिल्ला सचिवालय सदस्य तथा धरान इञ्चार्ज पनि थिइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...